युनिकोड    राशिफल    एफएम रेडियाे                        
299 पटक पढिएको

राजेन्द्र विक बाजुरा,१५असोज। यस बर्ष बाजुरामा अत्यधिक मात्रामा स्याउ उत्पादन भएपछि जिल्लामै खपत गर्न मुस्किल हुने अवस्था आएको छ ।जिल्लामा नै स्याउको खपत गर्न गाह्रो भएपछि बजारीकरणका लागि जिल्ला बाहिरका ठुला सहरहरूमा पठाउने गरि तयारी सुरु गरिएको छ ।बाजुराको प्राङ्गारिक स्याउ एक पटक सबैले खाउ भन्ने नाराका साथ बाजुरामा उत्पादित स्याउ सुदूरपश्चिमको अतरिया,धनगढी, लगायतका बजारमा पुर्‍याउन लागिएको कृषि ज्ञान केन्द्र बाजुराका कार्यालय प्रमुख हरि प्रसाद पनेरुले बताउनुभएको छ ।

बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका बाट पहिलो चरणमा २ सय क्विन्टल, बुढिनन्दा नगरपालिकाको पाण्डुसैन बाट १ सय २० क्विन्टल स्याउ कृषि ज्ञान केन्द्र बाजुराको ४० प्रतिशत अनुदान सम्बन्धित पालिकाहरुको ४० प्रतिशत अनुदान गरि ८० प्रतिशत ढुवानी अनुदान र किसानहरुको २०प्रतीशत लगानीका बाट किसानको बारीबाटै स्याउ उठाएर बजारीकरणका लागि देशका ठुला सहरहरूमा पठाउन सम्झौता गरिएको प्रमुख पनेरुले बताउनुभयो ।बर्षातले जिल्लाका ग्रामीण सडकहरू अवरुद्ध भई स्याउ ढुवानी गर्न केही ढिलाइ भएपछी समस्या हुने हो की भन्ने चिन्तामा रहेका स्याउ कृषक भने ज्ञान केन्द्र बाजुराले ढुवानी अनुदानसहित बजारीकरण गरिदिन सम्झौता गरिदिएपछि निकै खुशी भएका छन्।यो बर्ष राम्रो स्याउ फल्यो तर सडक अवरुद्धले ढुवानी गरेर बिक्री गर्न नपाई बारीमै कुहिने हो की भन्ने पिरलो थियो अब ढुक्क छौँ । स्याउले बजार पाउने भो ।” बुढिनन्दा नगरपालिका ९ पाण्डुसैनका दिनेश बोहोराले खुशी ब्यक्त गर्दै बताउनुभयो ।

जिल्लाका स्वामिकार्तिक खापर गाउँपालिकाका स्याउ खच्चर मार्फत पिलुचौर र पिलुचौर बाट ट्रकमा धनगडी पठाइने तथा पाण्डुसैनका स्याउ जिप मार्फत मार्तडी र मार्तडी बिक्री नभए धनगढी पठउने गरि योजना बनाइएको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ ।स्याउ प्याकेजिङ् सामग्रीका लागि जि आइ जेठ संस्थाले समेत सहयोग गरेको छ।निकै मीठो र अर्गानिक मानिएको बाजुराको स्याउ उपभोक्ताको पहिलो रोजाइमा पर्दै आएको छ।बाजुरा जिल्लाभरि एक सय ७० हेक्टर क्षेत्रफलमा एक हजार २० मेक्ट्रिक्टन स्याउ उत्पादन हुने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!