बाजुरा- जिल्लामा मंगलबार दिउँसो बझाङको तालकोट र चैनपूर आसपास केन्द्र बिन्दु बनाएर आएको भुकम्पले बाजुरामा दुई जना बालक सहिल दर्जनौ घरहरु भत्किएका छन्। धाइते हुनेमा बडिमालिका नगरपालिका ९ का आन्दाजी ८ बर्षिया प्रलोप डिजी आफ्नै घरको आगनमा खेलिरहेको अवस्थामा छतबाट खसेको ढुङगा टाउकोमा लागेर घाइते भउका छन् भने त्यस्तै खप्तड छेडेदह गाउँपालिका ४ का सुन्दर सार्की सदरमुकाम मार्तडी स्थित मालिका मा विमा पढ्दै आएका र विद्यालयको सिढीबाट लडेर घाइते भउको जिल्ला प्रहर कार्यालय बाजुराले जान्कारी गराएको छ ।
घाइते बिरामी प्रलोपको टाउकोमा दुई वटा टाका लागेका छन भने अहिले दुवै जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीको जानकारी दिएको छ । त्यस्तै भुकम्पका कारण जिल्ला भर दर्जनबढी घरहरु भत्किएका प्रहरीले जानकारी दिएको छ । बडिमालिका ९ का जित चदाराको दुई तले घर र सोही वडाका भुपेस सनाईको घरमा आंशिक रुपमा क्षति भएको छ ।
खप्तड छेडेदह गाँउपालीका वडा न ७ का लाल बहादुर ओली र दिनेश ओलीको घरको पछाडी भाग भत्किएको छ भने बुढिगंगा नगरपालिका वडा न ६ सायलका भक्त गिरी, वडा नं १का मनविर रावलको घर, चन्द्र रावलको भैसी बाध्ने छानो, वडा नं ५ का दल शाह र वडा नं ४ का बल कटुवालको घर पनि आंशिक रुपमा भत्किउका छन् । यसै गरी बडीमालिका नगरपालिका वडा न १ पाटामा पनि स्थानिय किट्टो रावत , प्रकाश रावत, राम रावत प्रकाश नाथ हर्क नाथ विरेन्द्र नाथ लगायत करिव १ दर्जन घर भत्केकाे र चिराचिरा परेकाे पत्रकार जय बहादुर रावतले जानकारी दिएका छन ।
गौमुल गाँउपालकिा वडा न १ माडी मा रहेका महाँदेव आधारभुत विधालय मा रहेका खाजा घर भत्किउको छ भने सोहि गाउँमा रहेको घन बहादुर रोकायाको भैसिछानो भत्किएको वताए । त्यस्तै बुढिगंगा नगरपालिका ५ मा रहेको टाटे स्वास्थ्य चौकीको प्रसुती भवनको पानी राख्ने ट्याङकीको वाल भत्किएको छ भने पानी तताउने सोलावर प्यानल पुणर्रुपमा क्षति भएको छ । बुढिगंगा नगरपालिका ७ का चक्र केसीको घर पुणर् रुपमा क्षति भएको र वडा नं ६ का नविन गिरीको घर पनि चर्केको प्रहरीले जानकारी दिएको छ । त्यस्तै भुकम्पले खप्तड छेडेदह गाउँपालिका ३ मा २० बढि घर भत्किएका वडा अध्यक्ष विर्क बहादुर रावतले बताएका छन ।
भुकम्पका कारण जिल्ला का केहि बिवरण आएपनि थप बिवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बाजुरा ले जानाउको छ ।