बाजुराः जिल्लामा भुकम्पले गरेको क्षतीको विवरण संकलन कार्य जारी रहेको छ । मंगलबार गएको भुकम्पका कारण बाजुरामा .८४ घरहरु पुर्ण रुपमा भत्किएका छन् । यस्तै १४ वटा गोठहरु पुर्ण रुपमा भत्किएका छन् । यस्तै जिल्लाभर घरहरुमा आंशिक रुपमा क्षती गरेको छ । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक दानसिंह भण्डारीका अनुसार भुकम्पका कारण बढी क्षती खप्तड छेडेदह गाउँपालिकामा गरेको छ भने बुढीगंगा नगरपालिका र बडीमालिकामा पनि क्षती गरेको छ । हालसम्म बुढीगंगा नगरपालिकाका बुढीगंगा २,३,४, ५, ६, ७ र ९ मा १८ घरहरुमा पुर्ण रुपमा क्षती गरेको र खप्तड छेडेदह गाँउपालिकाका ४, ५, ६, ७ मा ४५ वटा घर र बुढीनन्दा नगरपालिकाका १, ३, र ४ मा ७ वटा त्यसंगरी गौमुल २, ३,४, ५, र ६ मा गरी १४ वटा गरी जम्मा ८४ वटा घरहरुमा पुर्ण रुपमा क्षती पुर्याएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। प्रहरीका अनुसार खप्तड छेडेदह गाँउपालिका भैसि बाध्ने छाना अर्थात १४ वटा, गोठहरुमा पुर्ण रुपमा क्षती गरेको बताइएको छ। भुकम्पका कारण खप्तड छेडेदह गाँउपालिका ५ का एक जना स्थानीयको भैँसी मरेको छ।
भुकम्पका कारण जिल्लामा दुई जना घाइते पनि भएका थिए । घाइतेहरुको उपचार पछि घर फकाइएको पनि प्रहरीलेृ जनाएको छ। यस्तै जिल्लाभर ८१ घरहरुमा आशिक क्षती भएको छ भने १३५ घरहरु्रमा सामान्यष् क्षती भएको बताइएको. छ। यस्तै १७ वटा सरकारी कार्यालयहरुमा पनि क्षती गरेको छ। जस अन्तरगत अन्तरगत पुर्ण रुपमा क्षती १ खप्तड छेदेहह गाँउपालिकामा र १ आशिक क्षती ९ कार्यालयमा सामान्य क्षती गरेको छ। जसमध्यको १५ वटा त्रिवेणी र बडीमालिकाका दुईबिद्यालय भवनकमा सामान्य क्षती भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। यस्तै दुईजना घाइते भएका थिए । आंशिक रुपमा बाजुराका अधिकांश प्रत्येक गाउँका दर्जनौं घरहरूमा क्षती पुर्याएको छ । प्रभावित क्षेत्रमा प्रहरीको टोली खटाइएकोले क्षेतीको विवरण आउने क्रम जारी रहेको पनि प्रहरीको भनाई छ । क्षतीको विवरण संकलन भएपनि हालसम्म भुकम्प पीडित परिवारले राहत भने पाएका छैनन् । कतिपय प्रभावित क्षत्रमा न त प्रहरीको टोली पुगेको छ नत जनप्रतिनिधि नै पुगेका छन् । हिजो देखि खुला आकाशमुनि प्रभावित परिवारहरु जागाराम बस्न बाध्य रहेका छन् ।











