युनिकोड    राशिफल    एफएम रेडियाे                        
150 पटक पढिएको

साप्ताहिक गतिविधी जेष्ठ २९ गते शनिबार बाजुरा

आईतवारडोटीबाट बाजुरा पुगेको साईन नेपालको टिमले पुन: आफ्नो कार्यलाई निरन्तरता दिएको छ । कोरोना भाईरस (कोभिड–१९) को संक्रमण रोकथाममा कटिबद्ध देखिएका साईन नेपालका अध्यक्ष भक्तराज जोशीले आईतवार बाजुराको बुढीगंगा नगरपालिकालाई पनि स्वास्थ्य सामाग्री सहयोग गरेका हुन । नगरपालिकालाई २ थान अक्सिजन कन्सन्ट्रेटर, २ थान अक्सिपलमिटर,१ थान थर्मलगन २ थान नेबुलाईजर र २ सेट पिपिई लगायतका सामाग्री नगर प्रमुख दिपक बिक्रम शाहलाई हस्तान्तरण गरेको संस्थाका अध्यक्ष जोशीले जानकारी दिए । लोकतन्त्र बिहानी न्युज ।

जिल्लाको पुर्वी उत्तरी क्षेत्रमा पर्ने हिमाली गाउँपालिकालाई मंगलबार खप्तड मालिका युवा संजाल बाजुराले स्वास्थ्य सामग्री सहयोग गरेको छ । विश्वमा कोरोना महामारीका रुपमा फैलिरहेका बेला जिल्लाकै दुर्गम हिमाली गाउँपालिकाको स्वास्थ्य अवस्थालाई मध्येनजर गर्दै खप्तड मालिका युवा संजाल बाजुराले हिमाली गाउँपालिकालाई स्वास्थ्य सामाग्री प्रदान गरेको संजालका वरिष्ठ उपाध्यक्ष राजेन्द्रबहादुर रोकायाले बताएका छन् । लोकतन्त्र बिहानी न्युज ।

बाजुराको त्रिबेणी नगरपालिकामा चिकित्सक द्धारा नियमित स्वास्थ्य सेवा सञ्चालनमा आएको छ । नगरपालिकाले अस्थायि करारमा डा.सलिना श्रेष्ठलाई भर्ना गरेर नगरपालिकामा पहिलो पटक चिकित्सक द्धारा नियमित स्वास्थ्य सेवा शुरु गरेको नगरप्रमुख राम सिं रावलले वताएका छन् । त्रिबेणी नगरपालिकाको ४ तोलीको टुडेगडामा त्रिबेणी अस्थायि कोभिड अस्पताल सञ्चालन सँगै चिकित्सक मार्फत स्वास्थ्य सेवा दिएको हो । नगरपालिकामा सेवा सञ्चालन भएपछि स्थानिय बासि खुशि भएका छन् । अस्पताल बाट बिरामी चेकजाँच, परामर्श सेवा र औषधी वितरण शुरु गरिएको छ । अस्पतालले नियमित ओपिडी, ड्रेसिङ्ग, सुचरिङ्ग, आइ एण्ड डी, कोरोनाको चेकजाँच र बिरामी बेड भर्ना गर्ने गरि सेवा सञ्चालनमा ल्याएको निमित्त प्रमुख प्रशासकिय अधिकृत चिरिञ्जीबि शाहले वताएका छन् । बडिमालिका खबरबाट साभार

निषेधाज्ञाको बेला व्यापारीहरुले कालो बजारी र म्याद गुज्रेका समाग्री विक्री गर्ने गरेको चौतर्फी रुपमा जनगुनासो बढ्न थालेपछि जिल्लामा बजाुर अनुगमनले तिव्रता पाएको छ । जिल्लाका विभिन्न बजारहरुमा प्रशासन र स्थानीय तहहरुले अनुगमन गर्न थालेका हुन् । बडीमालिका नगरपालिकाले मार्तडीमा रहेको बजार क्षेत्र र दुनी हाटबजारमा शुक्रबार अनुगमन गरिएको उप प्रमुख कविता विष्टले बताएकी छन् । मालिका टुडेवाट साभार

नयाँ भेरियन्टको कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि जिल्लाका ९ वटै पालिकाहरुलाई स्वास्थ्य सुरक्षाका सामग्री सहयोग हुदै आएको छ ।
कोरोनाका कारण स्थानीय तहहरु आक्रान्त बनेका बेला विभिन्न संघसंस्थाहरुले पालिकाहरुलाई स्वास्थ्य सामग्री सहयोग कार्य भइरहेको छ । पुर्वी उत्तरी भेगमा पर्ने बुढीनन्दा नगरपालिका र तल्लो क्षेत्रको बुढीगंगा नगरपालिकालाई तीन चुलीको आर्थिक सहयोग तथा सुखी नेपालको समन्वयमा पालिकामा स्वास्थ्य सामग्री आइपुगेको बुढीगंगा नगरपालिकाका नगर प्रमुख दीपक विक्रम शाहले बताएका छन् । मािलका टुडे बाट साभार ।

बैशाख २५ गते बडिमालिका नगरपालिकाका ९ का वडाध्यक्षलाई कोरोना संक्रमण पछि थप उपचारका लागि डडेलधुरा पठाइयो । उनको थप उपचारका लागि डडेलधुरा रिफर गरेको २ घण्टा निबित्दै अछाम जिल्लाको साँफेबगर नजिकै मृत्यु भयो । कोरोना संक्रमण भएपछि होम आइसोलेशनमै सामान्य उपचार गराइरहेका वडाध्यक्ष स्वास्थ्य अवस्थामा जटिल समस्या आएपछि गत बैशाख २५ गते बिहान उपचारका लागि गएका थिए । जिल्ला अस्पतालमा उनको उपचारका लागि आवश्यक स्वास्थ्य सामाग्री थिएन, केही समयपछि उनलाई थप उपचारका लागि डडलेधुरा कोभिड अस्पतालमा रिफर गरिएको थियो । आफन्तका अनुसार वडाध्यक्ष कोरोना संक्रमणसंगै फोक्सोका पनि बिरामी थिए । किनारा न्युजबाट साभार

निर्धन उत्थान वित वित्तिय संस्था लिमिटेड शाखा कार्यालय बाजुराले ६८ हजार बराबरको स्वास्थ्य सामग्री वितरण गरेको शाखा प्रमुख हरिबोल भट्टराईले बताएका छन् । शाखा कार्यालय बाजुराले संस्थामा आबद्ध भएका १ हजार २ सय ५० जना महिला समुह सदस्यहरुलाई स्वास्थ्य सामग्री वितरण गरेको छ । किनारा न्युजबाट साभार

शुक्रवार बाजुराका दुईजना सामाजिक अभियान्ता हेमराज थापा र रिता शाही काठमाण्डौबाट सुर्खेत जिल्लामा बसोबास गर्दै आएका राउटे समुदायलाई राहत बितरण गर्न सुर्खेत गैरहेका छन । लोकतन्त्र बिहानी न्युज

नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा डिला संग्रौलाको विशेष अग्रसरता र संयोजकत्वमा शुरु भएको अभियान ‘कोभिड विरुद्धको हाम्रो अभियान’ अन्तर्गतको सातौँ अर्थात अन्तिम संवाद श्रृंखला सुदूरपश्चिम प्रदेशमा सम्पन्न भएको छ । डा संग्रौलाले जेष्ठ ७ गते प्रदेश नम्बर १ बाट सुरु गरेको अभियान जेष्ठ २८ गते सुदुरपश्चिम प्रदेशमा समापन भएको हो। लोकतन्त्र बिहानी न्युज

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!