
बाजुरा– बाजुरामा पछिल्लो २४ घण्टामा एन्टिजन विधिबाट कोरोना जाँच गर्दा थप २२ जनामा संक्रमण पुष्टि भएको छ । यो संगै बाजुरामा संक्रमित हुनेको संख्या ७ सय ८३ पुगेको छ । शनिबार ५० जनाको एन्टिजेन बिधिबाट परिक्षण गर्दा थप २२ जनमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । हाल सम्म बाजुरा जिल्लामा सक्रिय संक्रमितको संख्या २ सय ९३ जना रहेको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । संक्रमितहरु मध्ये १२ जना आईसोलशनमा राखिएका छन भने अन्य संक्रमितहरु होम आईसोलेशनमा रहेका छन । कोरोना संक्रमण बाट जिल्लामा हाल सम्म १० जनाको मृत्यु भईसकेको छ भने जिल्लाबाट रिफर गरि बाहिर जिल्लामा ३ जनाको मृत्य भए संगै मृतको संख्या १३ पुगेको स्वास्थ्य कार्यालय बाजुराका जनस्वास्थ्य अधिकृत दयाकृष्ण पन्तले जानकारी दिए ।