
बाजुराः जिल्लाको स्वामिकार्तिक खापर गाउँपालिका कार्यालयका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन । कर्मचारी आन्दोलितमा उत्रिएसंगै पालिकामा दैनिक सेवा प्रवाहमा समेत समस्या भएको छ । अत्यावसेक बाहेक अन्य सबै सेवा बन्द गरीएको छ । असोज २१ गते अर्थात आज आइतबारदेखि स्वामीकार्तिक खापर गाउँपालिका तथा सबै मातहतका सबै वडा कार्यालय बाट अत्यावश्यक बाहेकका अन्य सबै सेवा अनिश्चितकालीन बन्द गरीएको बताइएको छ ।
सोही निर्देशन बमोजिम सेवा प्रवाह अवरुद्ध हुने समेत जनाएका छन। स्थानीय तहमा कर्मचारी संघर्ष समितिको पत्र र आन्दोलनको कार्यतालिका यस साथ संलग्न राखिएको छ। संघीय निजामती सेवा ऐन मस्यौदामा स्थानीय तहमा कर्मचारीहरु माथि गरिएको विभेदपुर्ण व्यवस्थाका विरुद्ध अनिश्चितकालीन विरोध कार्यक्रम गरिएको स्थानीय तहमा कर्मचारी संघर्ष समिति स्वामीकार्तिक खापर गाउँपालिकाले बताएको छ।