
बाजुराः बझाङमा फेरि भूकम्प गएको छ । बिहीबार मध्यरात १२ बजेर २२ मिनेटमा बझाङको भातेखोला आसपास केन्द्रबिन्दु भएर ५.२ रेक्टर भूकम्प गएको भूकम्पमापन केन्द्रले जनाएको छ । बझाङमा असोज १६ गतेदेखि भुकम्पले क्षति पुर्याएको थियो । १६ गतेपछि पटकपटक भुकम्पको धक्का जान थालेपछि बझाङमा नागरिक त्रसित बनेका छन् ।