
बाजुराः असोज १६ गते दिउँसो बझाङको तलकोट र चैनपुर आसपास केन्द्रबिन्दु बनाएर गएको भुकम्पले खप्तड छेडेदह गाउँपालिकामा भौतिक रुपमा ठुलो क्षेति गरेको छ । भुकम्पका कारण गाउँपालिका भरि ३ सयबढि परिवारका घर पूर्ण रुपमा क्षेति भएका छन ।अहिले भुकम्पबाट पिडितहरु कोहि चौरमा, कोहि सडकमा त्रिपाल टाँगेर खुल्ला आकाशमा रात काटिरहेको छन । भुकम्पले घर भत्काइ दिएपछि भुकम्प पिडितहरु घरवार बिहिन हुँदा खु्ल्ला आकाशमा रात बिताउन बाध्य भएका छन । भुकम्प गएको हप्तौदिन बितिसक्दा पनि आफूहरुले राम्रोसंग बस्न र खान नपाएको उनिहरुको दुखेसो छ । भुकम्पले बस्ने घर भत्काइ दिएपछि अहिले बिचल्ली भएको पिडितहरूले बताएका छन ।
भुकम्पबाट पिडित स्थानिय जंग धामीले भने भुकम्पले हाम्रो घर भत्काइ दिएपछि ६ जनाको परिवार पाल हालेर बाहिर चौरमा रात काटिरहेका छौ, सबै अन्नपात त्यहि राखेर बास बसिरहेका छौ उनले भने । भुकम्प गएको हप्तौ दिन बितिसक्दा पनि सरकारले उनिहरुको उचित व्यवस्थापन गर्ने नसकेको गुनासो गरेका छन । भुकम्पले घर भत्कायो, केहि अन्नपात पनि छापियो अब कहाँ बस्ने, के खाने भन्ने चिन्ताले मन पिरली रहेको अर्का स्थानिय दिपक रावतले बताएका छन ।
भुकम्पका कारण जिल्लाका अन्य ठाँउका नागरिकहरु पनि पाल टाँगेर खुला चौरमा बस्न बाध्य भएका छन । पटकपटक भुकम्पको धक्काले नागरीकलाई त्रसित बनाउदै गएको छ । जिल्लामा पनि भुकम्पका कारण ९० घर भन्दा बढी घरहरु पुर्ण रुपमा क्षेति भइसकेका छन । तर कतिपयले राहत पाएका छन भने कतिपय भुकम्प पिडितहरुले अझै राहत पाउन सकिरहेका छैन उनिहरु खुल्ला चौरमा बस्न बाध्य रहेका छन । नत सरकारको ध्यान नै जान सकिरहेको त नत स्थानिय तहले पनि उचित ध्यान दिएको छ भुकम्प पिडितहरुले बताएका छन । फेरी बिहिबार बझाङमा ५ं.३ रेक्टर स्केलको भुकम्प गएको छ । उक्त भुकम्पले के कति क्षेति गरेको छ भन्ने बिबरण भने आउन सकेको छैन उक्त भुकम्पले नागरिकहरुलाई झन त्रसित बनाएको छ ।