युनिकोड    राशिफल    एफएम रेडियाे                        
66 पटक पढिएको

मिन बहादुर खड्का, बाजुरा:  बडीमालिका नगरपालिका वडा न. १ का वडा अध्यक्ष कृष्ण बहादुर कार्कीले चुनाबका बेला काम गर्न नसक्ने प्रतिबद्धता नगरेको दाबी गरेका छन् । जनता सामु गरेका प्रतिबद्धता अनुसार काम भैरहेको बताउदै अध्यक्ष कार्कीले पूरा गर्न नसक्ने प्रतिबद्धताहरु नगरेको दाबी गरेका हुन् उनले भने हामीले जे कुरा सक्छौं त्यो गर्छौं भनेका हौँ, धेरै ठुला आश्वासन दिएका छैनौ, सकेजती प्रयास गरिरहेका छौँ , भने अनुसारका काम नै कतिपय गर्न सकिएको छैन, हामी पूरा गर्ने प्रयासमा छौँ, वडाको विकासका लागि गर्नुपर्ने र योजना अनुसारको काम नभएको स्वीकार गर्दै आफ्नो कार्यकालमा जनता सन्तुष्ट हुने गरि काम गर्ने बताएका छन् । भने जतिका सबै कुरा पूरा नहोलान तर जनताको चित्त बुझाउने छौँ, उद्धारणीय काम गर्नेछौं, ।

वडाको समग्र विकासका लागि नगर, प्रदेश संघ सरकार संग पनि निरन्तर समन्वय गरिरहेको उनको भनाई छ । वडाबाट योजना छनोट गरेर प्रदेश सरकारमा पुगेको भएपनि सम्बोधन नभएको बताउदै आगामी दिनमा पनि निरन्तर समन्वय गरिरहने बताएका छन् । वडा सरकाले पहिलो प्राथमिकता शिक्षा क्षेत्रलाई दिएको उनले बताए । वडा भित्र रहेका बिद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न लागिपरेको कार्कीको भनाई छ । यस्तै स्वास्थ्य क्षेत्रमा भएका प्रयासहरुका बिषयमा बोल्दै कार्कीले आफ्नो कार्यकालमा वडाका सबै बस्तीका नागरिकलाई आधारभूत स्वास्थ्य सेवाको पहुँचमा पुर्याउन पहल गर्ने बताएका छन् ।

वडामा सबैभन्दा बढी सल्याना टोलमा खानेपानीको समस्या रहेको बताउदै उक्त समस्या समाधानका लागि निरन्तर समन्वय र सहकार्य गरिरहेको बताएका छन् ।नजिक पानीको मुहान नै नभएकाले पनि समस्या भएको बताउदै उनले समान्य लगानीबाट सम्भव नहुने बताएका छन् । पुजिगत तर्फ २ लाख र चालूतर्फ, १६ लाख बजेट बाट चारवटा योजना सञ्चालन गरि सम्पन्न भैसकेको पनि उनको भनाई छ । अन्य वडाको कृषि, पर्यटन, विद्युत, सिचाइ, सञ्चार , सडक लगायतका पुर्वाधार विकासका फड्को मार्ने गरि काम अगाडि बढाउने पनि उनले बताएका छन् । आफ्नो कार्यकालमा वडा बासी सबैलाई समान व्यवाहार गर्ने उनले बताएका छन् । वडा अध्यक्ष कार्कीले राजनीतिकरण गर्‍यो भनेर सुन्नुपर्ने दिन आउन नदिने दाबी गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!