
बाजुराः बडिमालिका नगरपालिका वडा.नं ९ मा अबस्थित नवजिवन बालक्लले विजयादशमी तथा शुभदिपावलीको अवसरमा दोस्रो मार्तडी बृहत सांस्कृतिक कार्यक्रम संञ्चालन गर्ने भएको छ । कला संस्कृतिको जर्गेना गर्नको निमित्त विजया दशमिको अवसरमा उक्त बृहत सांस्कृतिक कार्यक्रकको आयोजना गर्न लागिएको क्लवले जनाएको छ । गाँउघरका रितिरिवाज,चालचलन बेषभुषा झल्काउन,गाँउमा लुकेका प्रतिभाहरुको थप उजागर गर्न उक्त कार्यक्रम संञ्चालन गर्न लागीएको बताइएको छ । पहिलो बर्ष झै यो बर्ष पनि बृहत सांस्कृतिक कार्यक्रम संगै शुभकाना आदान प्रदान कार्यक्रम संञ्चालन हुने भएको छ । बडिमालिका नगरपालिका वडा नं ९ मा हअबस्थित नवजिवन बालक्लबले संस्कृतिको जर्गेना गर्नको निमित्त यस्ता थुप्रै कार्यक्रमहरु संञ्चालन गर्दै आइरहेको छ ।
दोस्रो मार्तडी बृहत सांस्कृतिक कार्यक्रम यहि कार्तिक ५ गते बेलुकि ६ बजेबाट संञ्चालन गरिने क्लबले बताएको छ । उक्त बृहत सांस्कृतिक कार्यक्रममा चर्चित देउडा गायक कोकल कण्ठि श्वरका धनि प्रकाश थापा,गायक राजेन्द्र बाजुरेली,चर्चित लोकदोहोरी गायक डम्बर बिश्वकर्मा,मोडेल राजेश पायल बिक,गायक नर बहादुर बि.क,गायक बिनोद थापा,धुर्ब बिक,नव उदित गायिका मिठो श्वरकि धनि सम्झना बि.क,किस्न बाजुरेली,बशन्त चन्द,चर्चित कमेडियन बिनोद बि.क,लगायत अन्य स्थानिय कलाकारहरुका साथै स्थानिय देउडा,सडक नाटक लगायत अन्य कार्यक्रमहरु संञ्चालन हुने भएका छन । कार्यक्रमलाई थप मर्यादित बनाउन स्वयमसेवक समेत परिचालन गरीएको पनि क्लवले जनाएको छ । कार्यक्रमलाई कोहि कसैले बिथोल्न,भड्काउन खोजेको खण्डमा कानुन बमोजिम कार्बाही समेत गरीने बताइएको छ । कार्यक्रममा नँया प्रतिभाहरु लाई समेत स्थान दिइने क्लबले बताएको छ ।