
बाजुराः बडिमालिका नगरपालिका वडा नं ७ वडा कार्यालयले विजयादशमी तथा शुभदिपावलीको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम संञ्चालन गर्ने भएको छ । नेपालीहरुको महान चाड बिजयादशमी तथा शुभदिपावलीको अवसरमा वडा कार्यालयले शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गर्न लागेको वडा सचिव सरीता ठकुल्लाले जानकारी दिनुभएको छ ।हरेक बर्ष झै यो बर्ष पनि वडा कार्यालयले शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको सचिव ठकुल्लाले बताएकी छन । वडा कार्यालयले एक सुचना जारी गर्दे सम्पुर्ण वडा सदस्य,राजनितिक दलका प्रतिनिधि,कार्यपालिका सदस्य,कर्मचारी स्वास्थ्यकर्मि,संञ्चारकर्मि,सुरक्षकर्मि,लगायत सम्पुर्ण वडाबासीहरुलाई उपस्थितको लागी अनुरोध समेत गरेको छ । शुभकामना आदान प्रदान कार्यक्रम यहि अशोज ३० गते बिहान ११ बजे वडा कार्यालय,चुथीमा संञ्चालन गरीने भएकाे छ ।
यसका साथै वडाभित्र रहेका बिपन्न परिवारका नागरिकलाई खाद्यान बितरण पनि गरिने भएको छ । दशैमा कोहि पनि बिपन्न परिवारका नागरीकले दुख कष्ट भोग्नु नपरोस भन्ने उदेश्यका साथ बिपन्न परिवारका नागरिकलाई खाद्यान समेत बितरण गरिने वडाअध्यक्ष धर्मराज पाध्यायले बताउनुभएको छ । आफु वडाअध्यक्ष पदमा रहरिहँदा यस्ता चाडपर्व तथा तिहारमा कुनै पनि बिपन्न नागरिकलाई समस्या नहुने पनि उहाँले बताएका छन । वडाको तर्फबाट सक्दो सहयोग गरिरहने पनि उहाँले बताएका छन । सधै जसो दशै तिहारमा धनिहरुको घरमा मात्रै राम्रो पाक्ने मिठो खाने प्रचलन धेरै जसो हुन्छ तर बिपन्न परिवारको घरमा पनि मिठो पाक्ने ब्यबस्था मिलाउने अध्यक्ष पाध्यायले बताएका छन । कुनै पनि बिपन्न वडाबासीहरुले दशै तिहार जस्तो पर्वमा दुख झेल्नु नपर्ने पनि उहाँले बताएका छन । उक्त शुभकामना तथा खाद्यान बितरण कार्यक्रममा सबैको उपस्थितको लागी पनि उहाँले अनुरोध समेत गरेका छन ।