युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
देउबालाई स्वागत गर्न शुदुरपश्चिमबाट प्लेन चढेर काठमाण्डौ आए नेता कार्यकर्ता | नेपाली कला सँस्कृति प्रतिष्ठानकाे दाेस्राे बार्षिकाेत्सव हटेल किम्चिमा सम्पन्न | बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा |
466 पटक पढिएको

बाजुराः  जिल्लामा अन्तर्राष्ट्रिय बिश्व खाद्य दिवस मनाइएको छ । एक औपचारिक कार्यक्रमका बिच बडीमालिका नगरपालिकाको सभाहलमा बिश्व खाद्य दिवस मनाइएको हो। जीवन र खाद्यको आधार हो पानी भन्ने मुल नाराका साथ ४३ औं खाद्य दिवस मनाइएको खाद्य अधिकार सञ्जाल बाजुराले जनाएको छ । प्रत्यक वर्ष एक स्थानीय तहका २ जना गरि १८ जना अपाङ्ग अशक्त, गरिब बिपन्न, र भुकम्प बाट प्रभावित व्यक्तिलाई २५ सय बराबरको खाद्यान्न सामाग्री वितरण गरिएको छ । यो संगै बुढीगंगा नगरपालिकाका ४ को थुमा माविमा रहेको अपाङ्ग गृह, सोही नगरपालिका वडा न । २ मा रहेको कन्सन बाजुरालाई र जगन्नाथ गाउँपालिकाको १ को बैधिक सनातन गुरुकुल बिद्यापिथलाई पनि खाद्यान्न सामाग्री सहयोग गरिएको छ । थापा एक जना उत्कृष्ट कृषक बडीमालिका नगरपालिका ७ का खडक धामीलाई नगद पाँच हजार सहित प्रमाणपत्रले सम्मान गरिएको छ । ४३ औं बिश्व खाद्य दिवसको अवसरमा धामीलाई सम्मान गरिएको हो । उनले १ लाख बराबरको बन्दा उत्पादन गरेर बिक्री गरेका छन् । थप हौसलाका लागि सम्मान गरिएको कृषि ज्ञान केन्द्र बाजुराका निमित्त कार्यालय प्रमुख एवम् सूचना अधिकारी मिन प्रशाद जैशीले बताएका छन् । धामीले गरेको मिहिनेतको जति प्रसंशा गरेपेनी कमै हुने जैशीको भनाई छ । कृषक धामीले करिब पाँच हजार केजी बन्दा उत्पादन गरेको र पिठ्युँमा बोकेर मार्तडी ल्याएर बिक्री गरेका थिए ।

एक औपचारिक कार्यक्रमका बिच सुरु भएको ४३ औं बिश्व खाद्य दिवस कार्यक्रम कृषि ज्ञान केन्द्र बाजुराका निमित्त कार्यालय प्रमुख एवम् सूचना अधिकारी मिन प्रशाद जोशीको अध्यक्षतामा सुरु भएको थियो । कार्यक्रममा प्रमुख अथिती जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुल्सीराम रोकाया रहनु भएको थियो । कार्यक्रममा खाद्य अधिकार सञ्जाल बाजुराका अध्यक्ष मदन राज जोशी, जिल्ला स्थित सरकारी कार्यालय तथा गैरसरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधि जिल्ला स्थित विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकार लगायतको उपस्थिती रहेको थियो ।कार्यक्रममा सहभागीले खाद्य सम्पुर्णता र खाद्य अधिकारको सुनिश्चितताका लागि सबै सरोकारवाला निकायहरु जिम्मेवार हुनुपर्नेमा जोड दिएका छन् । स्थानीय तहमा स्थानीय खाद्य समन्वय समिति, जुन स्थानीय तहका खाद्य संग सम्बन्धित समस्या सम्बन्धित स्थानीयल तहले नै गर्न सकोस् भन्ने उदेश्यले गठन गर्नुपर्ने बताएका छन् ।

हरेक वर्ष खाद्यान्न समस्या सुनाईराख्नुपर्ने परिस्थिति कहिलेसम्म भन्दै प्रश्न उठाएका थिए । सरकारले देशभर सञ्चालन गरेको विषयलाई लिएर सहभागीले बाजुरामा सुपथ मुल्य पसलको ब्यानर मात्रै पठाएर हुन्छ की नागरिकले उपभोग गर्न सक्ने चामल पनि पठाउनुपर्छ भन्दै गैरसरकारी सस्थाका कर्मचारी अग्नीराज शाहीले प्रश्न गरेका थिए । बाजुरामा जनताले किन्न नसक्ने चामल पठाएको प्रती सहभागीले आपत्ति जनाएका छन् । राज्यले नारा भने लोभलाग्दो तयार गर्ने तर कार्यान्वयनमा जहिले फितलो हुने गरेको गुनासो समेत सहभागीहरुको थियो । यी समस्याहरुको समाधानका लागि तत्काल जिल्ला स्थित राजनीति दलका जिम्मेवार व्यक्ति र सरोकारवाला निकायले तत्काल पहल चाल्नुपर्ने प्रमुख अथिती मार्फत ध्यानाकर्षण गराएका छन् ।

यस्तै खाद्यान्न समस्या समाधानका लागि कृषिमा आत्मनिर्भर बन्नुको अर्को विकल्प नरहेको बताउदै सहभागीले जिल्लामा उत्पादन भएका उत्पादित बस्तुको बजारीकरणको प्रमुख समस्या रहेको जसका कारण किसानहरु मारमा परेको बताएका थिए । सडक अबरुद्धका कारण स्थानीय तहले सञ्चालनमा ल्याएका कृषि एम्बुलेन्सहरु पनि प्रयोग बिहिन बनेको कृषकहरुको उत्पादन बारीमै कुहिने समस्या रहेको गुनासो बडीमालिका नगरपालिका ७ की वडा सचीव सरिता ठगुन्नाले गुनासो गरेकी छन् । कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अथिती बाजुरा जिल्लाका लागि खाद्य दिवस महत्त्वपूर्ण रहेको बताएका छन् । खाद्यान्न समस्या भैरहने बाजुरा जिल्लामा यस्ता कार्यक्रमले खाद्यान्न समस्या समाधानका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउन यो कार्यक्रमले टेवा पुर्याउने उनको भनाई थियो । प्रमुख अथिती रोकायाले प्रत्यक स्थानीय तहमा स्थानीय खाद्य समन्वय समिति गठन गर्नका लागि तत्काल प्रक्रियामा जाने उल्लेख गरेका छन् । खाने बानिको विकासमा पनि सुधार गर्नुपर्नेमा प्रमुख रोकायाले जोड दिएका छन् ।

बाजुरामा खाद्यान्न अभाव नभएको मात्रै चामलको अभाव भएको टिप्पणी गरेका छन् । रोकायाले भने, चामलको पो अभाब भयो, बाजुरा चामल पुगेन, तर हामी संग कोदो, गौ , मकै त छ नी प्रमुख अथिती रोकायाले सम्मानित भएका कृषकलाई धन्यवाद समेत दिएका छन् । अरुलाई पनि कृषि पेशा तर्फ अभिप्रेरित गर्ने बिश्वास रोकायाले व्यक्त गरेका छन् । बाजुराका विभिन्न खाद्य डिपोहरुमा ताला लगाइएका छन् । कार्यालय सम्म पुगेका सेवाग्राहीहरु रित्तो हात घर फर्किन्छन् । खाद्य तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालयमा सरकारले पठाएको चामल जनताले किन्न नसक्ने महङ्गो छ । सुपथ मुल्य पसलको व्यानर मात्रै टाँसिएको छ तर चामल किन्न भने प्राय सेवाग्राही आउदैनन् । आएका सेवाग्राही पनि मुल्य मात्रै सोधेर रित्तो हात फर्किन्छन् । जिल्ला बासिले चामल किनेर खान पाएका छैनन् , बिश्व खाद्य दिवस मनाउनुको एक औचित्य एक स्थानीयले टिप्पणी गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!