युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
देउबालाई स्वागत गर्न शुदुरपश्चिमबाट प्लेन चढेर काठमाण्डौ आए नेता कार्यकर्ता | नेपाली कला सँस्कृति प्रतिष्ठानकाे दाेस्राे बार्षिकाेत्सव हटेल किम्चिमा सम्पन्न | बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा |
371 पटक पढिएको

बाजुराः मौषममा आएको परिर्वतनका कारण अशोज महिनामै जिल्लाका उच्च हिमाली तथा लेकाली भुभागमा हिमपात भएको छ । केहि साता अगाडी मनसुन बाहिरिए संगै मौषममा एक्कासी परिर्वतन आउदा हिमपात पर्न सुरु भएको छ । जिल्लाको उच्च हिमाली तथा लेकाली भुभाग बडिमालिका,बुढीनन्दा,खप्तड,कालाजग्रा,सिन्तवा,सदरमुकाम मार्तडीबाट देखिने वरपरका सुन्दर हिमालहरुमा हिमपात सुरु भएको छ । त्यस्तै ९ वटै पािलकाका उच्च हिमाली तथा लेकाली भुभागमा बिहान बाटै हिमालहरु सेताम्य भएका छन । मंसिर, पुश,माघ,यि तिन महिनामा त सधै हिउ पर्ने गर्दथ्यो तर यो बर्ष अशोजमै हिमपात सुरु भएको छ । मौषममा आएको परिर्वतनका कारण एक्कासी हिमाली तथा लेकाली भुभागमा हिमपात सुरु हुँदा जिल्लामा जाडोको अत्याधिक महसुस भएको छ । लगातार मौषम बदली हुँदा हिमपात संगै असिना पानी पर्दा जिल्ला सदरमुकाम लगायत अन्य ठाँउहरुमा धेरै जाडोको महससु गरीएको छ ।जिल्लाको पुर्वी उत्तरी भेगमा पनै चारवटा पालिका बुढीनन्दा,हिमाली,स्वामिकार्तिक,र जगन्नाथ गाँउपालिकामा पनि अत्याधिक जाडो महसुस गरीएको छ ।

 

हिमाली भुभागमा हिमपात सुरु भएसंगै हिमाली क्षेत्रमा बसोबास गर्ने बासीन्दाहरु धमाधम बेसीतिर झर्ने थालेका छन । भेडाहरुको बथानमा रमाइरहेका भेडी गोठालाहरु यो बर्ष चाडै नै हिमपात सुरु हुँदा दैनिक जिवन कष्टकर बनेको बताउछन । पहिला बर्ष धेरै पछाडी हिमपात सुरु भएको भन्दापनि हिमपात नै भएको थिएन तर यो बर्ष अहिल्यै नै हिमपात सुरु हुँदा समस्या भएको उनिहरुले बताएका छन । जिल्लामा बिहान र बेलुकीपख अत्याधिक चिसो बढीरहेको पनि महसुस गरीन्छ । शरिमा पातलो कपडाले काम नगर्ने अबस्था पनि आएको छ । गाँउघरतिरका पाखाहरु सेताम्य हिउमा ढाकिरहेका देखिन्छन हिउको चिसो बहाफले झन जाडो बढीरहेको छ । कतिपय बिपन्न जिल्लाबासी नागरिकहरुका लागी यो चुनौतीको बिषय बनेको देखिन्छ । उनिहरुका लागी यो हिउदे सिजन दुखको सिजनमा परिणत हुने गर्दछ कतिपय बिपन्न परिवारका नागरिकले जाडो छेक्नको लागी शरिरमा एक सरो लुगा समेत पाँउन सकिरहेका हुदैनन उनिहरुको परिवारको लागी यो हिउदको समयले धेरै पिडा दिइरहेको हुन्छ जिल्लामा पनि कतिपय बिपन्न परिवारका नागरिकहरुमा यो समस्या अझै पनि ताजै रहेको छ । धनिहरुले पो जाडो छेक्न नँया नँया न्यानो लुगा लगाउछन तर बिपन्न परिवारको लागी त्यो सपना जस्तै हुन्छ बाजुरा जस्तो बिकट ठाँउमा यस्ता समस्याहरु धेरै पाइन्छन तर यसको न्युनिकरण गर्नमा भने कसैको ध्यान गएको पाइदैन । एक त जिल्लामा पटकपटक भुकम्पको धक्काले सबै ठाँउका घरहरु बिस्थापित हुनुका साथै चर्किएका छन । त्यसैमा हिउदको सिजन सुरु भएको छ अशोज महिनामै हिमपात सुरु भएको छ । भुकम्पले बिस्थापित परिवारहरु पाल टाँगेर खुल्ला आकास मुनि बसीरहेका छन रातभरीको चिसो झेलिरहेका छन त्यसैमा अशोजमै हिमपात सुरु भएर अत्याधिक चिसो बढ्यो अब कसरी जाडो छेल्ने,शरिरमा न्यो कपडा लगाउन किन्नको लागी आर्थिको पनि समस्या ,बस्नको लागी बनाइएका घरहरु भुकम्पले भत्काईदिएको चर्काएको यो हिउदको सिजन कटाउन निकै समस्या पर्ने जिल्लाबासी भुकम्प पिडितहरुले बताएका छन ।

अशोजमै जिल्लाका हिमाली तथा लेकाली भुभागमा हिमपात हुँदा निकै समस्या भएको छ । त्यसैमा भुकम्प पिडितहरुलाई झनै समस्या भएको पाइएको छ । उनिहरुका साथमा नत जाडो छेल्ने शरिरमा एकसरो लुगा नै छ नत बस्नको लागी घर नै छन भुकम्पले बेलाबेला झस्काईरहेको हुन्छ,जाडो हटाउन घरमा बसौ भुकम्पले चर्केका घर कुन बेला भत्किने हुन थाहा छैन खुला चौरमा बसौ अशोजमै हिमपात सुरु भएर अत्यानधिक चिसो बढ्नाले खुला चौरमा बस्न नसकिने भुकम्प पिडितहरुले दुखेसो ब्यक्त गरेका छन । जिल्लामा यो तिन महिनामा अत्याधिक चिसोको अनुभव गरिने गरिन्छ कार्तिक,मंसिर,पुश,महिनामा जिल्लामा अत्याधिक चिसो हुने गर्दछ त्यसैमा यो बर्ष छिट्टै हिमपात सुरु भएकाले झनै चिसो बढ्ने अनुमान समेत गरीएको छ । अत्याधिक चिसोका कारण जिल्लाको जनजिवन समेत प्रभावित बनेको छ । चिसोका कारण सबै घरभित्रै बस्ने गरेका छन साउन भदौको महिनामा तमाम मानिसको भिड देखिने गाँउघर बजारहरु आजभोली सुनसान समेत देखिने गरेका छन । अत्याधिक चिसोका कारण मानिसहरु घरभित्रै बस्न बाध्य रहेका छन । दिउसोको समयमा कार्तिक महिना सुरु भएसंगै धान काट्ने चुट्ने,कोदो टिप्ने काम गरेतापनि बिहान बेलुकीपख मानिसहरु प्राय घरभित्रै बसेका देखिन्छन । हिमाली भुभागका मानिसहरु भने चिसो छेल्न बाक्लाबाक्ला लुगाकपडाहरुको जोहो गर्न लागीपरेका छन ।अहिलेको हिँउदको समयमा बढी चिसोको अनुभव समेत हुने अनुमान गरीएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!