
नयाँ दिल्ली (भारत) – युद्धग्रस्त इजरायलबाट भारत हुँदै जना थप १८ नेपालीहरुलाई उद्धार गरिएको छ । भारत सरकारको ‘अपरेशनअजय’ अभियान मार्फत उनिहरुलाई भारतको बाटो हुँदै नेपाल फर्काइएको हो । असोज ३० गते मात्र भारत स्थित नेपाली राजदुताबासको पहलमा भारतिय एयरबाट नयाँ दिल्ली ल्याइएका थिए ।
नेपाल सरकारले नेपाल स्थित भारतिय राजदुतावास संग गरेको समन्वयमा नेपाली राजदुत र भारत सरकारको समन्वयमा १८ जना नेपाली भारत हुँदै नेपाल फर्काइएका छन् । भारत स्थित बिभिन्न नेपाली संगठनहरुको पनि उनिहरुलाई युद्धग्रस्त इज्रायलबाट भारतको इन्द्रागान्धी अन्तराष्ट्रिय विमानस्थलमा मंगलबार मात्र अवतरण गराइएको थियो ।
इजरायल र प्यालेस्टायनी (हमास) समुह बिच भएको भयानक युद्धबाट १० जना नेपालीहरुको मृत्यु भएको थियो भने शुदुरपश्चिम बिश्वबिद्यालयका कृषि संकायको प्रयोगात्मकका लागि इजरायल गएका विपनि जोशी हमास समुहको नियन्त्रणमा रहेका थिए । हमास समुहको नियन्त्रणमा रहेका जोशी पनि सम्पर्कमा आइ सकेको इजरायल स्थित राजदुतावासले जनाएको छ । हमास समुहको नियन्त्रणमा रहेका विपिन जोशीलाई पनि भारतको बाटो वा सिधै नेपाल भएर फर्काउने भारतिय राजदुतावासले जनाएको छ । मंगलबार मात्र इजरायलबाट भारतको बाटोहुँदै उद्धार गरिएका नेपालीहरुलाई इन्द्रागान्धी अन्तराष्ट्रिय विमानस्थलमा भब्य स्वागत गरिएको समाज सेवी वीर बहादुर बोहराले बताउनु भएको छ ।
भारत स्थित महामहिम राजदुत डा. शंकर प्रशाद शर्मा लगायतको टिम, डि सि एम डा. सुरेन्द्र थापा. नेपाली संस्कृति कन्सुलर यदु पौडेल, कन्सुलर उमा चतुरवेदि, कान्तिपुर पत्रकार राजेश मिश्रा, सुदूरपश्चिमेली नेपाली समाज भारतका केन्द्रीय महासचिव महादेव भट्ट , केन्द्रीय सह कोषाध्यक्ष हर्क रावत, केन्द्रीय सदस्य कला संस्कृति बिभाग उप प्रमुख नरेन्द्र अधिकार, दिल्ली राज्य समिति अध्यक्ष गणेश दत्त भट्ट, दिल्ली राज्य उपाध्यक्ष अनिल बि.क. दिल्ली राज्य सचिव भरत रावत, दिल्ली राज्य सह–सह सचिव राजन रावत, दिल्ली राज्य सल्लाहकार वीरबहादुर बोहरा, दिल्ली राज्य सदस्य अर्जुन रावत, मेहरउलि जिल्ला अध्यक्ष विक्रम धामी, मेहरउली जिल्ला संयोजक लोकेश साँउद मेहरउली जिल्ला उपाध्यक्ष मोहन रावत लगायतका प्रवासी संगठनका ब्यक्तित्वहरुले बिमानस्थलमा पुगी स्वागत गरेका थिए । त्यस्तै मेहरउली जिल्ला सचिव मानव साउद, मेहरउली जिल्ला खकेन्द्र रावतले भारतबाट बिदाई गरेर बुधबार मात्र नेपाल पठाएको छ ।
उहाहरुलाइ सकुशल ल्याउन मद्दत गर्ने भारत सरकार, नेपाल सरकार, दुतावास,ईजराइल र हमास बिच को युद्ध मा फसेका १८ जाना प्रवासी नेपाली नागरिक मंगलबार १ः ३० बजे राती भारतिय एयरलाइन्स ईन्दरा गान्धी एयरपोर्ट उतारिएको थियो । नेपाली राजदुतावास र सुदुरपश्चिमेली नेपाली समाज–भारतले भारतको इन्द्रागान्धी एयरपोर्टबाट नेपाल महेन्द्रनगर सम्म पुरयाउने काम भएको छ । हमास र इज्रायली बिच भएको भिषण युद्ध ग्रस्त गाजा क्षेत्रमा रहेका नेपालीहरुलाई सुरक्षित स्थान तर्फ स्थानतरण गरिएको नेपाली दुताबास इज्रायलले जनाएको छ ।