
बझाङ– धनगढीबाट बझाङ आउँदै गरेको कर्णाली रिभर यातायातको १९८३ नम्बरको बस आज विहान ठूलो दुर्घटनाबाट बचेको छ । जयपृथ्वी नगरपालिका ७ सुबेडा खड्केतोला नजिकै बस स्लिप खाएर भिरमा अड्केको हो। सो ठाउँमा फराकिलो सडक नहुँदा अहिले यातायात समेत ठप्प रहेको छ ।
अहिले मसिन आएर बसलाई तानेर निकालिएको छ । दुर्घटना हुन लागेको बसले अबरुद्ध भएको राजमार्ग सुचारु बल्ल आएर मात्र सूचारु भएको छ । बसमा रहेका यात्री र बस सुरक्षित रहेको प्रहरीले जनाएको छ । दुर्घटनाबाट बचे संगै बस गन्तब्य स्थान तर्फ प्रस्थान गरेको छ ।