
प्रमित वि.क:- बाजुरामा यस वर्ष गहुँ उत्पादनमा निकै नै गिरावट आएको छ । जिल्लाको प्रमुख खाद्यान्न बाली गहुँ उत्पादनमा यो वर्ष भारी गिरावट आएको हो । गत वर्ष भन्दा अहिलेको वर्ष गहुँ लागायतका खाद्यान्न बाली उत्पादनमा कमी आएको पाईएको छ । बाजुरामा गहुँको उत्पादन १४ प्रतिशतले कमी आएको छ ।
आर्थिक वर्ष २०७६र७७ मा १० हजार ५ सय हेक्टरमा बाजुराको पााखो बारीमा गहुँ खेती गरिन्थ्यो । त्यसबाट उत्पादन १८ हजार ३ सय ७५ मेक्ट्रिक्टन हुने गरेको थियो । यो वर्ष २०७७र७८ मा गत वर्ष जिल्लाका विभिन्न स्थानहरुमा आएको बाढी पहिरोले गर्दा उत्पादन हुने ५० हेक्टर जमिन बाढि पहिरोले बगाएपछि १० हजार ४ सय ५० हेक्टरमा १५ हजार ६ सय ७५ मेक्ट्रिक्टन उत्पादन भयो । जुन अघिल्लो वर्ष भन्दा यो वर्ष २७ सय मेक्ट्रिक्टन कम उत्पादन भएको हो । जस मध्ये १४ प्रतिशतले उत्पादन घटेको कृषि ज्ञान केन्द्र बाजुराका कार्यालय प्रमुख गोविन्द सिजापतीले बताएका छन् ।
गहुँ लगायतका बालीमा उत्पादन कमी आएपछि बाजुरामा यस वर्ष भोकमरीको चिन्ता बढेको छ । कोरोना भाइरस ९कोभिड(१९० रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउन र महामारीको चिन्ता त एकातिर छ अर्कोतिर छाक कसरी टार्ने भन्ने चिन्तामा किशान छन् ।
खेतमा विउँ छरेको समेत नआएपछि कसरी जिविकोपार्जन गर्ने हो भन्ने चिन्ताले पिरलो पारेको छ । यतिवेला दोस्रो भेरियन्टका रुपमा फैलिरहेको कोरोना भाइरसले भन्दा पनि भोकले मर्ने हौंकी भन्छन् । बडीमालिका नगरपालिका–८ का स्थानीय कृषक हुणी रावल बताउन्छिन ।
जिल्लामा यो वर्ष गहुँ बालीमा मात्र उत्पादनमा कमी आएको होइन् जिल्लाका गा्रमीण भेगमा सबै भन्दा बढी हिउँदे सिजनमा गहुँ, जौँ लगाउने गर्दछन् । सोही बाली उत्पादन नै नभएपछि किसानहरु मर्कामा परेका छन् । तल्लो भेगका किसानहरु भन्छन् यो पालि आलु पनि उत्पादन नभएको बताउन्छन् ।
बडीमालिका नगरपालिका–८ का अर्की कृषक लक्ष्मी रावल भन्छन् गत वर्ष ४र५ कट्टा हुने खेतमा अहिलेको साल विउँ भाग समेत भएन् । कोरोनाले गर्दा तरकारी, दुध, दाउँरा बेच्न समेत पाएका छैनौँ । लकडाउन नभएको भएपनि दाउँरा, दुध, तराकारी लगायत बचेर आम्दानी गर्ने थियौ, अब आजभोली त्यासो पनि छैन् घर भित्रै बसेका छौ, भएको अन्न खाएर सकिहाल्यौं, चामल किन्नलाई पैसा छैन्, गहु र जौंको आश गरेका थियौँ झन छरेको विउँ समेत आएन् । मजदुरी गरि खाने थियौँ लकडाउन छ, अब कसरी पेट पाल्ने हो विहान बेलुका त्यही चिन्ता लाग्छ कृषक रावलले बताइन ।
सिचाई सुविधा नहुँदा जिल्लाका अधिकांस ठाउँका किसानहरुले आकासे पानीको भरमा खेती गर्दै आइरहेका छन् । अधिकांस स्थानहरुमा प्रयाप्त मात्रामा सिचाई सुविधा छ्रैन् सिचाई सुविधिा नहँदा यो वर्ष खडेरीले गर्दा गहुँ उत्पादनमा कमी आएको हो । यो गत वर्षको तुलनामा २७ सय मेक्ट्रिक्टनले कम उत्पादन भएको ज्ञान केन्द्र बाजुराका कार्यालयका प्रमुख सिजापतीले बताए ।
लामो समयसम्मको खडेरीका कारण यो वर्ष गहुँ उत्पादनमा कमी आएकोे सिजापतीको भनाई छ । सिंचाई सुविधा भएका खेतहरुमा मात्र यो वर्ष गहुँ उत्पादन भएको उनको भनाई छ । लामो समयको खडेरीका कारण पाखो बारीमा निकै कम मात्रामा उत्पादन भएको उनले बताए ।
जिल्लाका कतिपय स्थानहरुमा हिउँदे पहिरो र असिना पानीले गहुँ बाली पूर्ण रुपमा क्षति गरेको छ । जसले गर्दा जिल्लामा झनै संकट उत्पन्न भएको छ । हरेक वर्ष खाद्यान्न असुरक्षित जिल्लाको परिचय बनाएको छ । बर्सेनि जिल्लालाई २८ हजार १ सय ५ मेक्ट्रिक्टन खाद्यान्न आवश्यक पर्छ । नेपाल खाद्य संस्था, स्थानीय व्यापारी विश्व खाद्य कार्यक्रम लगायतबाट जिल्ला बाहिरबाट ढुवानी गरेर आवश्यकता पूरा हुँने गरेको छ ।
बिउ सिंचाई, जोताई, मलमा लगानी गरेका कृषकहरुले यस बर्ष धेरै नोक्सानी ब्यहोर्नु परेको छ । किसानको लागानी समेत उठेको छैन, यस तर्फ कसैले ध्यान दिएको छैन । वर्षभरिको सबै लगानी डुब्यो, यो घाटा हामीलाई कसले दिने किसान धनी कडायतले बताईन ।