
बाजुराः जिल्लाको बडीमालिका नगरपालिका ८ स्थित बाउलीमा एकजना मृत अवस्थामा फेला परेका छन् ।मृत अवस्थामा फेला पर्नेमा सोही नगरपालिका ९ तल्लावाडा घर भएका अन्दाजि ५० वर्षिया लाल थापा रहेका छन् ।शनिवार दिउसो बाउली खोला नजिकै पानीको खोल्सामा थापा मृत अवस्थामा फेला परेको स्थानीय ले बताएका छन् ।मृतक थापा जिल्ला प्रशासन कार्यालय बाजुराका पूर्व कार्यालय सहयोगी कर्मचारी हुन् । उनी खर्रामा रहेको आफ्नै घरमा बस्दै आएका थिए । थापा मृत अवस्थामा फेला परेपछि आजै अन्तिम दाहसंस्कार गरिने उनका आफन्त चन्द्र थापाले बताएका छन् ।उनको के कति कारणले मृत्यु भएको हो यसबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।