
बाजुराः विजया दशमी तथा शुभदिपावलीको अवसरमा जिल्ला कारागार बाजुरामा बन्दी जीवन बिताइरहेका कैदीबन्दीलाई बुढीगंगा नगरपालिकाले दसैं मनाउन खसी र चामल उपहार दिएको छ ।कारागारमा रहेका कैदी बन्दीलाई विजया दशमीको शुभकामना स्वरूप बुढीगंगा नगरपालिकाले १ खसी तथा दुई बोरा चामल र एक दर्जन किताब प्रदान गरेको हो ।
जेल जीवन विताइ रहेका कैदीबन्दीहरुले दशैंँ सहज रुपमा मनाउन भन्ने उद्देश्यले शनिबार कारागारमै पुगेर बुढीगंगा नगरपालिकाका नगरप्रमुख रामबहादुर बानियाँ, नेकपा एमाले जिल्ला कमिटी सचिव भरत थापा, जिल्ला समन्वय समिति बाजुराका सदस्य एव एमाले नेता हिक्मत थापा र एमाले बुढीगगा नगर कमिटी अध्यक्ष नरेन्द्र थापाले उनिहरुलाई सयुक्त रुपमा खसी, दुई बोरा चामल र एक दर्जन किताब प्रदान गरेका हुन् ।