बाजुराः सर्वाधिक धनराशीको छेडेदह कप फुटबल प्रतियोगिताको तयारी तिब्र पारिएको छ । आन्तरिक व्यवस्थापन, फिल्ड रेखाकंन र टिमबीचको समन्वयलाई तिब्र पारिएको अध्यक्ष लोकेन्द्र खड्काले बताएका छन् । यो वर्षको प्रतियोगिता कात्र्तिक ११ गतेदेखि हुने भएको छ । विजया दशमी सकिएको तीन दिनपछि अर्थात कात्र्तिक ११ गतेदेखि १७ गतेसम्म हुने आयोजक छेडेदह स्पोर्टस् क्लबले जानकारी गराएको छ ।
सुदूरका पहाडमा हुने प्रतियोगिता मध्ये सबैभन्दा बढी धनराशीको प्रतियोगिताका रुपमा स्थापित छेडेदह कपको यो पाँचौ संस्करण हो । क्बलले २०७६ साल देखि लगातार कपको आयोजना गर्दै आएको छ । खप्तड छेडेदह गाउँपालिका र ७ नम्बर वडा कार्यालयसँगको सयुक्त सहकार्यमा प्रतियोगिता आयोजना गर्न लागिएको हो ।प्रतियोगितामा हालसम्म १६ बढीटिम सम्पर्कमा आइसकेको क्लबका अध्यक्ष लोकेन्द्र खड्काले बताएका छन् । सहज परिस्थिति बने यो वर्ष २५ बढी टिम सहभागि हुने अनुमान गरिएको छ ।
हालसम्म एक्स बाजुरा युनाईटेटले आफ्नो खेलाडीको सूची नै सार्वजनिक गरिसकेको छ । भने क्रियटर जोन ऐकेडेमीले खेलाडीलाई बन्द प्रशिक्षणमा राखिसकेको विद्यालयले जानकारी लिएकाे छ । यसैगरी कन्सन बाजुरा, साविक विजेता रानीवन स्पोटस क्बल, साविक उपविजेता छेडेदह स्पोटर्स क्लब, आयोजक ले पनि टिम तयारी पारि सकेका छन् । केपी बा स्पोर्टस क्लबले वी लभ केपी बा को नारा सहीत जर्सी नै तयार पारिसकेको विष्न कार्कीले जानकारी दिएका छन् ।
सिएस्सी गौमुल, बुढावाडा ब्वाइज आटीचौर, लम्गाउँ युवा क्लब आटीचौर, टिम बढालेक आटीचौरले पनि तयारी थालिसकेको खबर गरेका छन् । भ्याली स्पोटर्स क्लब पाण्डुसैनले टिम नै बनाइसकेको दिलबहादुर थापा भोटेले बताएका छन् । बिएम नाईन, देनसायल स्पोर्टस क्लब नौविस, नौविस युवा क्लब, रजाली युवा क्लबले सहभागि हुन तयारी थालिसकेका छन् । उपयुक्त मौसम, व्यवस्थीत बन्दै गएको खेल मैदानका कारण पनि टिमको सहभागिता बढ्ने अनुमान गरिएको क्लबका खेल सह संयोजक खगेन्द्र नाथले बताएका छन् । खेलमा भाग लिन धनगढी, अछाम, बझाग, डोटी र काठमाडौंबाट पनि सम्पर्क हुनेक्रम जारी रहेको आयोजकले बताएको छ ।