युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
101 पटक पढिएको

धनगढी:– सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस संक्रमितहरूको कन्ट्याक्ट ट्रेसिङ्ग र आइसोलेसनको व्यवस्था नहुँदा लामो निषेधाज्ञा पछि पनि कोरोना नियन्त्रणमा आउन सकेको छैन ।
प्रदेशमा कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा जारी गरिएको डेढ महिना पूरा भएको छ। तर संक्रमणको दरमा भने कमी आउन सकेको छैन ।
कोरोना नियन्त्रणका लागि निषेधाज्ञासँगै संक्रमितहरूको कन्ट्याक्ट ट्रेसिङ्ग अर्थात् सम्पर्क खोजी गरी बढीभन्दा बढी परीक्षण गर्नुपर्ने हुन्छ। तर पछिल्लो समय सुदूरपश्चिम प्रदेशमा परीक्षणको दायरा घटाइएको पाइएको छ ।
निषेधाज्ञा जारी भएको पहिलो साता प्रदेशमा संक्रमण दर ४० प्रतिशत रहेको थियो भने, एक महिनाको अवधिमा संक्रमण दर ३१ प्रतिशतमा झरेको थियो। अहिले निषेधाज्ञाको डेढ महिना पुग्दा समेत संक्रमण दर ३१ प्रतिशत नै रहेको पाइएको छ ।
कोरोना भाइरस समुदाय स्तरमै फैलिसकेकाले संक्रमण दर शुन्यमा झार्न निषेधाज्ञासँगै कन्ट्याक्ट ट्रेसिङ्ग र आइसोलेसनको प्रभावकारी व्यवस्था गरिनुपर्ने चिकित्सकहरूको सुझाव छ ।

सेती प्रादेशिक अस्पतालका फिजिसियन डाक्टर निशान भट्टराईले गाउँ–गाउँमा कोरोना संक्रमितहरू भएकाले निषेधाज्ञाले मात्र कोरोना नियन्त्रण नहुने बताए । ’गाउँ–गाउँमा कोरोना संक्रमितहरू छन्’ उनले भने, ’उनीहरूको सम्पर्क खोजी भएको छैन र संक्रमितहरूलाई आइसोलेट गर्ने काम पनि भएको छैन। जसले गर्दा सोचे जति संक्रमणको दरमा कमि नआएको हो।’

निषेधाज्ञाको अवधिमा बजार, होटल व्यवसाय र यातायातलगायत सम्पूर्ण क्षेत्रहरू भने डेढ महिनादेखि पूर्ण रूपमा ठप्प छन्। उनीहरू आर्थिक रूपले मारमा पर्न थालेका छन्।

अटो, टेम्पो तथा इ–रिक्सा संघका केन्द्रीय उपाध्यक्षसमेत रहेका इ–रिक्सा संघ कैलालीका अध्यक्ष मीनराज जोशीले जारी निषेधाज्ञाले सवै व्यवसायी जस्तै होटल व्यवसाय र यातायात व्यवसायीहरू र मजदूरहरू मारमा परेको बताए।

’इ–रिक्सा धनीहरूले एक/दुई महिनासम्म रिक्सा थन्क्याउनु पर्दा ब्याट्री बिग्रेर ठूलो क्षति भएको छ’ उनले भने, ‘भाडामा चलाउनेहरूलाई त झन जीविकोपार्जन गर्नै समस्या भएको छ। गत वर्षको लकडाउनको पीडाबाट राम्रोसँगै उम्किन नपाएका उनीहरू जारी निषेधाज्ञाले झनै प्रभावित भएका छन्।’ दिनेश खबरबाट साभार ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!