
बाजुरा। बडीमालिका नगरपालिका ५ मनामा दशैं मेला लाग्ने भएको छ। यहि कार्तिक १६ अर्थात पञ्चमीको दिन बडा दशैं मेला लाग्ने वडा कार्यालयले एक सुचना जारी गर्दै जानकारी गराएको छ। । पन्चमीको दिनको अवसरमा मना गाउँमा लाग्ने बडा दशैं मेलामा पुजाआजा र मेलालाई सभ्य भव्य र मर्यादित सफल बनाउन वडाले व्यापक तयारी गरेको सुचनामा उल्लेख गरिएको छ।
मेला लाग्ने दिन वडा भित्र मदिरा विक्रि वितरण, मदिरा सेवन र जुवातास जस्ता क्रियाकलाप नगर्न वडाबासीलाई सूचनामा भनिएको छ।बडा दशैं मेलामा होहल्ला गरी संस्कृतिलाई विथोल्ने प्रयास गरेमा बडीमालिका नगरपालिकाको मदिरा र जुवातास ऐन अनुसार कारवाही गरिने समेत जानकारी सूचना मार्फत गराइएको छ।मेला अवधिभर वडामा मदिरा सेवन, विक्रीवितरण र जुवातास खेलेको पाईएमा कडा कारवाही गरिने भनिएको छ। मेलामा मदिरा विक्रि वितरण गर्नेलाई १२ हजार ५ सय, मदिरा सेवनकर्तालाई ७ हजार पाँचसय, जुवातास खेलाउनेलाई १५ हजार र जुवातास खेल्नेलाई १३ हजार रुपैयाँ जरिभाना तिराएर कारवाही गरिने वडा अध्यक्ष धर्मपाल मिजार द्धारा हस्ताक्षतिर सूचनामा भनिएको छ।