बाजुरा। जिल्लाको हिमाली गाउँपालिका वडा नम्बर १ नेपाली काङ्ग्रेस वडा कार्यसमिति सचिव गणेश बोहरा हृदय घात भइ निधन भएको छ।नेपाली काङ्ग्रेस पाटीमा विगत लामो समय देखि पाटी आवद्ध भएर लगनशील युवा बोहराको निधन भएको छ । एउटा पाटीको बलियो खम्बाको रूपमा चिनिएका जुझारु युवाले ज्यान गुमाउदा सिङ्गो पाटीलाई खाटा व्यहोर्नुपर्ने अवस्था रहेको छ। हिमाली गाउँपालिका वडा नम्बर १ घर भएका बोहराले २७ वर्षकै उमेरमा ज्यान गुमाउनु परेको छ । । उनको हृदय घातका कारण मृत्यु भएको नेपाली काङ्ग्रेस हिमाली गाउँ कार्यसमिति पाटी सभापति अमलाल कार्कीले बताउनुभयो।
उहाँको मृत्यु प्रती हार्दिक समवेदना नेपाली काङ्ग्रेस हिमाली गाउँ कार्यसमिति सिङ्गो पाटी दुस्ख व्यक्त गर्दै मृतको चिरशान्ती कामना गरेकाे छ । पाटीको राम्रो मान्छे गुमाउनु परेको हुँदा नेपाली काङ्ग्रेस लाई ठुलो घाटा ब्यहोर्नु परेको बताइएको छ । । मृतकको परिवार प्रति संवेदना प्रकट गरेको नेपाली काङ्ग्रेस हिमाली गाउँ कार्यसमितिले बताएको छ।