दयाराम पण्डित – सुदुरपश्चिम प्रदेशबाट विनियोजित रकम कार्यकताको हातमा नपर्ने भएपछि भवन निर्माण योजना नै रद्धहुने भएको छ । हिमाली गाउँपालिका वडा नं ५ स्थित बागेश्वरी माविको जीर्ण भवन निर्माणका लागि आएको उक्त बजेट फ्रिज हुने अबस्थामा पुुगेको सामाजिक विकास कार्यालय बाजुराका प्रमुख धानराज धामीले बताए ।
“हिमाली गाउपालिका वडा नं. ५ रुगिनको बागेश्वरी मा वि को चार कोठे दुुई तले भवन यसै आर्थिक वर्षमा सम्पन्नगर्ने गरी सुदुरपश्चिमप्रदेश सामाजिक विकास मन्त्रालयबाट ४२ लाख रुपैंया प्राप्तभएको थियो । उक्त रकम कार्यान्वय नगर्न गत मंसिरमा सम्झौता समेत भईसकेको छ । गाउँमा विवाद भएको कुरा उल्लेख गरी तत्कालिन नेकपा वडा संगठन कमिटीको लेटेरप्याड प्रयोग गरी सम्झौता रोक्काको पत्रआएको छ । वडा अध्यक्ष भनि लालचन्द्र बुढथापाको हस्ताक्षर सहितगत पुस ५ गते सामाजिक विकास कार्यालय मार्तडीमा उजुरी पेश भएको हो ।” कार्यलय प्रमुख धामीले भने । त्यसैगरी गत माघ ११ गते अर्को निवेदन आयो। शैक्षिक क्षेत्रमा असर पर्ने गरी गरेको राजनीतिले बालवालिकालाई प्रत्यक्ष असरपर्ने उनको बुुझाई छ ।
प्रदेश र केन्द्रमा कम्युनिष्ट सरकार छ हाम्रै भनसुनमा बजेट आएकोले उपभोक्ता समिति पनि हाम्रै हुनुपर्छ भन्ने मान्यता एक पक्षको छ । तर शिक्षा नियमावली २०५९ तथा कार्यक्रम का र्यन्वयन पुस्तिका निर्देशिकामा विद्यालय ब्यबस्थापन समितिसँग सम्झौता गर्ने प्राब्धान छ । रकम पनि विद्यालयकै खातामा जम्मा गर्नु पर्नेहुन्छ । सोही अनुसार हामीले विद्यायालयसँग सम्झौता गरेकाहौं । लेआउट गर्न तिन पटक गाउँ पग्दा पनि सम्झाउन नसकेर सामाजिक विकास प्राविधक टोली फर्किएको छ। कार्यलय प्रमुख धामीले गुनासो गरे ।
हाम्रो पहलमा आएको रकम कुनै हालत मावि.ब्य.स.को खातामा जम्मा गर्न दिन्नौं भन्ने मान्यता एक पक्षको छ । यो अबस्थामा कसरी काम गर्ने ? कार्यालय प्रमुख धामीले भने । तत्कालिन प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेसंग आयोजनाको फाईल सहित पेश गरें । उहांले भन्नुुभयो सुरक्षा चाहिए म पठाइ दिन्छु । अरु राजनीतिक कुरा म मिलाउन सक्दिन भन्नुभयो । त्यसै गरी प्रदेश सामाजिक विकास मन्त्रालय र बाजुरा प्रदेश (क) माननिय बल्देब रेग्मी लगायत सम्बद्ध पक्षसँग आवस्यक छलफल गर्यौं जीर्णदार भवन निर्माण गर्न उहाँहरु पनि सकरात्मक देखिनुु भएन कार्यलय प्रमुख धामीले भने ।
बजेट जसको पहलमा आए पनि आखिर विद्यालय सबैको हो । सबै मिलेर काम गरौं भन्दाहाम्रो पार्टीले दिएको रकममा तिमीहरु अध्यक्ष बन्ने भनेर धम्काउँछन् । “दुुई वर्ष अगाडि मृत्यु भएका दानसिँह नेपालीको सहित कृत्या हस्ताक्षर गरी निवदेन दिने । पार्टीको ल्याटरप्याड प्रयोग गरी उनिहरु काम रोक्ने । राजनीतिक आरोप विद्यालय ब्यबस्थापन समितिलाई लगाउने ? बजेट कसैको खल्ती आएकोबाट हैन । राज्यको ढुकुटीबाट आएको हो । हामीपनि नेपाली नागरिक हौं” । ज्यान जोखिममा राखेर काम गराउन हामी पनि सक्दैनौं विब्यस अध्यक्ष अँगविर बुढ्थापाको भनाइ रहेको छ ।
“पानी परे ओतलाग्ने ठाउँ छैन, विद्यालय कक्षाकोठा भित्रै छाता ओढेर बस्नु पर्ने अबस्था छ । विद्यार्थीलाई बस्ने ब्यान्च नहुँदा ढुँगामा बसाउनु परेकोछ। रकम कस्ले ल्यायो भन्दा पनि विद्यालय कसरी राम्रो बनाउ भन्नेमा लाग्नु पर्ने हो । तर समुदायमा त्यसो देखिएन । विडम्वना हो । बागेश्वरी मा.वि. का प्रधानाध्यापक दानसिंह बुढथापाले दुखेसो गर्नु भएको छ । बि.सं.२०३२ सालमा स्थापना भएको उक्त स्कुलमा ३२५ बढि विद्यार्थी अध्ययनरत छन् । बिद्यालय भवन दयनिय छ उनले भने ।
मन्त्री माननीय देखि सिडियो सबैसंग समन्वय गरियो कसैले टेरेनन् । प्रदेश माननिय बल्देब रेग्मीले त बिद्यालयको खाताबाट रकम झिकेर उपभोक्त समितिको खातामा जम्मा गर्ने भए हुन्छ नत्र कार्यन्वयन गर्न गाह्रो छ भने । कानुुन मिचेर काम गर्न गराउन सकिदैन मैले भने । प्रदेश र संघबाट आएको बजेट कार्यन्वय नगर्न नेकपा एमाले कै कार्यकर्ता हुनुपर्ने नभएका मै गर्न नदिने रणनीतीमा एमालेका कार्यकर्ता छन् । कानुनत: रकम विब्यस कै खातामा आउँछ काम सबै मिलेर गरौं भन्दा बरु बजेट फिर्ता जावस् हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द वहादुर मल्लाको भनाई रहेको छ । । हामीले गठन गरेको उपभोक्त समिति भए मात्र भवन निर्माण हुन्छ उनिहरु भन्छन् अध्यक्ष मल्लले भने । सँघबाट आएको ४३ लाख रुपैंयाँ बराबरको बजेट पनि बिद्यालयलाई दिनु पर्ने तर, उनीहरु कै विवादका कारण कार्यान्वयन गर्न नसकेका हुन अध्यक्ष मल्लले भने । प्रदेश र सँघबाट बजेट हाल्ने यता आफ्ना कार्यकर्ता उपभोक्ता समितिमा आउन लगाउने । सहजै कमिशन आउँछ । वि.ब्य.स.को खातामा गएर कमिसन आउँदैन बजेट कार्यकर्ताको मुखमा नपर्ने भए पछि विकास कामै रोकि दिन्छन् अध्यक्ष मल्लले आरोप लगाउनु भएको छ । सांसद क्षेत्र विकास कोष देखि प्रदेश र संघबाट आउने विकास बजेटका नाममा नेता कार्यकर्ताबाट ब्रम्ह्लुट भएको छ । बागेश्वरी माविको भवन निर्माण प्रकरण त एक प्रतिनिधि मुलक घटना मात्र हो ।