
बाजुरा– बाजुराका खोलामा आएको बाढीले बगाउँदा वेपत्ता भएका दुई जना अझै भेटिएका छैनन्।
सोमबार जिल्लाको त्रिवेणी नगरपालिकामा अविरल वर्षासँगै किम्नी खोलामा आएको बाढीले बगाउँदा सोही नगरपालिका–५ किम्नीका १३ वर्षीय कमल बुढा र बुढीनन्दा नगपालिका–३ सिराडीको लौठी रुखकी ३६ वर्षीया मोतीकला वेपत्ता भएका थिए।उनीहरुको खोजिकार्य भइरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक धनदेव साउँदल बताए।