बाजुरा । डोटी जिप दुर्घटनामा ज्यान गुमाएका मृतकका परिवारलाई हिमाली गाँउपालिका द्धारा आर्थिक सहयोग गरीएको छ ।कार्तिक १८ गते सनिश्चवार राति धनगढीबाट बाजुरा आउदै गरेको जीप डोटीमा दुर्घटना हुदा ४ जनाको मृत्यू भएको थिए ।ति मृतकका परिवारलाई पालिकाले आर्थिक सहयोग गरेको छ । डोटी जिप दुर्घटनामा ज्यान गुमाएका ४ जना मृतकका परिवारलाई आर्थिक सहयोग गरीएको छ। दुर्घटना ज्यान गुमाएका परिवारलाई काजकिरिया खर्च स्वरुप २५ हजारका दरले आर्थिक सहयोग गरीएको गाउँपालिका अध्यक्ष गोबिन्द बहादुर मल्लले बताउनुभएको छ ।
सोही जिप दुर्घटना परि घाइते भएका हिमाली गाउँपालिका वडा नम्बर ५ का प्रकाश बुढथापा, खोम बहादुर मलाल, दान बहादुर बुढा, बिमला मलाल र राज बहादुर मलालको हस्पिटलमा लागेको उपचार खर्च सबै गाउँपालिकाले ब्योहोर्ने पनि गाँउपालिकाले जनाएको छ ।मृतक सबैको लास ओसारपसार तथा गाडीमा लागेको खर्च समेत गाउँपालिकाले सहयोग गरेको गाँउपालिकाले जनाएको छ ।











