युनिकोड    राशिफल    एफएम रेडियाे                        
120 पटक पढिएको

काठमाडौं– एउटा वडा कार्यालयबाट वृद्ध भत्ताको ५० लाख रुपैयाँ चोरी भएको घटना बाहिर आएको छ।

नुवाकोटको पञ्चकन्या गाउँपालिका–२ को वडा कार्यालयबाट गएको चैत २४ मा चोरी भएको थियो । चैतमा घटेको भए पनि अहिलेसम्म संघीय मन्त्रालयमा जानकारी नदिई स्थानीय तहमै मिलाउन खोजेपछि घटना बाहिर आएको हो।

वृद्धभत्ता चोरी प्रकरण्माा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले टोली नै पठाएर छानबिन थालेपछि कुरा बाहिर पोख्खिएको हो।

गाउँपालिकाका अध्यक्ष तेजबहादुर तामाङ अहिले फोनै उठाउदैनन्। भित्रभित्रै मिलाउन खोजेको कुरो बाहिर आएपछि सातो गएको छ, उनको ।

चैत २४ गते बैंकबाट झिकेर वडा कार्यालयको दराजमा राखेको ५० लाख र कार्यालयमा रहेको थप ३ लाख ५३ हजार चोरी भएको थियो । बैंकबाट ल्याएको भोलिपल्ट भत्ता वितरण गर्न खोज्दा दराजमा रकम भेटिएन, वडाध्यक्ष र कर्मचारी तीनछक परे।

सीसीटीभीबाट चोर पत्ता लागेन। चोरै नदेखाउने कस्तो सीसीटीभी राखिएको होला ? प्रहरीमा उजुरी गरेर अनुसन्धान गरिएपनि चोर फेला परेको छैन।

अहिले मन्त्रालयलले सरकारी रकम वडा सचिवको नाममा जम्मा गरेको, बैंकबाटै भत्ता वितरण गर्नुपर्ने प्रावधानलाई नटेरेको, एकपटकमा १० लाखभन्दा बढी रकम बैंकबाट झिक्न नपाइने भए पनि प्रशासकीय अधिकृत आफैंले पटक–पटक नियम उल्लंघन गरेर बढी रकम झिकेको र घटनाको जानकारी नदिएको गल्ती भेटाएको छ।

विभिन्न गल्ती र असावधानी गरेका कारण प्रशासकीय अधिकृत निलम्बनमा परेका छन्। पञ्चकन्यामा प्रशासकीय अधिकृत नरेश पुडासैनी चार वर्षभन्दा बढी समयदेखि कार्यरत छन्।

उनले कहिल्यै सरुवा नमागेको कुरो पनि मन्त्रालयको छानविन टोलीले पत्ता लगाएको छ । घटनाबारे सोधिएको स्पष्टीकरण समेत चित्त बुझ्दो नदिएपछि उनलाई निलम्बन गरेर थप छानबिन थालिएको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!