बाजुरा। बिभिन्न सहयोगी दाताहरुबाट सहयोग संकलन गरी साहित्यकार, समाजसेवी,गायिका एवम् नेपाली कांग्रेसकी नेतृ रिता शाही (रितु) ले जाजारकोट र रुकुम पश्चिमका भुकम्प पिडीतका लागि राहात सामाग्री बितरण गरेकी छन । जाजरकोट र रुकुमका भुकम्प पिडित ७ सय बढी परिवारलाई करिब ६ लाख बराबरको राहत सामाग्री वितरण गरेर फर्केर्की छन् ।

भुकम्प गए लगत्तै सामाजिक अभियातान्ता रीता शाही र लक्ष्मी बोगटी कुँवर भुकम्प प्रभावित क्षेत्रमा पुगि त्यहाँका स्थानीय पिडीतहरु सङ्ग भेटघाट गरि उनिहरुको आवश्यकता अनुसारको राहत हस्तान्तरण गरेकी छन् । देश विदेशमा बस्ने विभिन्न सहयोगी दाताहरुको सहयोग शाही र बोगटिको समन्वयमा जाजरकोटको नलगाड नगरपालिका वडा नम्बर १ देखि ८ नम्बर वडाका ६ सय बढी परिवारलाई र जाजरकोट आठविसे नगरपालिकाका ७० बढी परिवारलाई ६ लाख बराबरको राहत वितरण गरेको अभियान्ता शाहीले बताएकी छन् । जाजरकोट र रुकुमका पहिलो चरण ११ दिन बसेर दुई जना महिला मात्र विभिन्न वडामा सहयोग वितरण गरेको बताएकी छन् ।सहयोगमा १ लाख बढी जाजरकोट र रुकुमका मृतक गर्भवती र सुत्केरी महिलालाई नगद हस्तान्तरण गरिएको र बाँकी परिवारलाई आवश्यकता अनुसार खाद्यान्न ,त्रिपाल, सिरक, डसना ,खाद्यान्न ,खानेकुरा ,बालिकालाई चिसोमा लगाउने न्यानो लुगा ,पिफमहरु बोगटी र शाहीले घरमै गएर हस्तान्तरण गरेको बताएकी छन् । तिहार सकिएपछी पनि शाही र बोगटी भुकम्प प्रभावित क्षेत्रमा पुगेर लगातार पिडितहरुको घर दैलोमा पुगेर सहयोग हस्तान्तरण गर्ने गरेको शाहीले बताएकी छन ।

सामाजिक अभियान्ता शाही र बोगटीले राहत सामग्री मात्र वितरण नगरी अन्य सेवाहरु पनि प्रदान गरीकी छन । अभियान्ता शाही पेशाले एउटा नर्स पनि हुन् । भुकम्प प्रभावित क्षेत्रमा सुनौला हजार दिनका आमा गर्भवती र सुत्केरीलाइ उनिहरुलाइ मानसिक असर न परोस भनि स्वास्थ्य परामर्श समेत दिएकी छन् । स्वास्थ्य चेकजाँच, सुई लागाउने कुरा पोषण जस्ता कुरामा परामर्श दिएकी छन् । सामाजिक अभियान्ता शाही, र बोगटी विगत लामो समय देखि देशका विभिन्न ठाउँमा सेवा गर्दै आइरहेकी छन् । बोगटी कैलाली गौरीगांगा नगरपालिकाकी हुन भने शाही बाजुरा बुढिगंगा नगरपालिका की हुन् ।कार्तिक १७ गते राति ११ बजे आएको भुकम्पले जाजरकोट र रुकुममा ठुलो मात्रामा क्षेति पुर्याएको थियो । धेरैले ज्यान गुमाएका थिए भने बाच्नेहरुको घरहरु बस्न लाएक छैन । चिसो ठाउँ चिसो मौसममा स्थानीयहरु खुला आकाशमा रात विताउदै आइरहेका छन ।अभियान्ता शाहीले लामो समय देखी समाज सेवा गर्दै आएकी छन् । उनी हरेक दिन दुखीहरुको साहारा जस्तै बनेकी छन । शाहि सामाजिक अभियान्ता मात्रै नभई गायिका तथा साहित्यकार पनि हुन उनको गित तथा गजल संग्रहरु पनि बजारमा आइसकेका छन ।












