युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
संस्कृति संरक्षण तथा लोक भाषाकला समर्थन कार्यक्रममा पत्रकार रोकाया सम्मानित | बुढिगंगाका विभिन्न ठाउँमा माटो परिक्षण घुम्ति शिविर संञ्चालन | क्रिएटर जोन एकेडेमीले गर्यो नयाँ बर्षको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न | बाजुरा मा चट्याङ लागेर एक नाबालिका को मुत्यु | एसियन लाईफ ईन्स्योरेन्सले बार्षिकउत्सबको अबसरमा बालबालिकालाई सहयोग | बाजुरालाई बिकास निर्माणमा पक्षपात गरेको अध्यक्ष ओली भनाइ | पत्रकारको हत्या , संञ्चार गृहमा भएको घटनामा संलग्न लाई कारबाही को माग गर्दै सिडियो मार्फत प्रधानमन्त्री लाई ध्यानाकर्षण | पत्रकारको हत्या र मिडियामाथिको आक्रमणविरुद्ध बाजुरामा पनि विरोध प्रदर्शन निरन्तर जारी | साप्पाटामा पुग्यो सडक,नागरिक खुशी | सुदूरपश्चिममा लगानी तथा विकास सम्मेलनको तयारी तिव्र |
130 पटक पढिएको

धनगढी– धनगढी उप–महानगरपालिकामा संघीय सरकार र प्रदेश सरकारको बजेटमा बनिरहेका १० विद्यालयको भवन निर्माणको काम अलपत्र परेको छ।

उप–महानगरपालिकाले प्रदेश र संघ सरकारको बजेटमा बन्ने ८ कोठे भवन निर्माण गर्न १० वटा विद्यालयहरूलाई छनौट गरेको थियो।
वडा नम्बर १० स्थित जनकल्याण माध्यमिक विद्यालय, १७ स्थित भानु माध्यमिक विद्यालय, १२ स्थित शादरा माध्यमिक विद्यालय, १२ कै दुर्गा आधारभूत विद्यालय, १३ स्थित नवज्योती आधारभूत विद्यालय, १३ कै जनता राष्ट्रिय माध्यमिक विद्यालय र वडा नम्बर १४ स्थित पञ्चोदय माध्यमिक विद्यालय थप ८ कोठे भवन निर्माणका लागि छनौट गरिएको थियो। ती विद्यालयहरूमा भवन निर्माणका लागि ८० लाखभन्दा बढी बजेट विनियोजन गरिएको छ।

त्यस्तै धनगढी उप–महानगरपालिका वडा नम्बर ९ स्थित सरस्वती आधारभूत विद्यालय र वडा नम्बर ६ स्थित धनगढी पोलिटेक्निक इन्स्टिच्युटको थप ४ कोठे भवन निर्माणका लागि छनौट गरिएको छ। ती ४ कोठे भवन निर्माणका लागि ५५ लाखभन्दा बढी बजेट विनियोजन गरिएको छ।
उपमहानगर भित्रका १० वटा विद्यालयहरूमा थप ८ कोठे भवन निर्माण गर्न गत आर्थिक वर्ष र चालु आर्थिक वर्षमा सम्झौता भएको थियो। तर कतिपय विद्यालयको भवन निर्माण काम अलपत्र परेको छ भने, कतिपय विद्यालयको भवन निर्माणको काम कछुवा गतिमा चलिरहेको छ।

धनगढीको त्रिनगर माध्यमिक विद्यालयमा ८ कोठे दुई तले भवन निर्माणका लागि गत आर्थिक वर्षको जेठमा सम्झौता भएको थियो। ८६ लाखको लागतमा बन्ने सो भवन आगामी आर्थिक वर्षको भदौमा सक्नुपर्ने छ। तर निर्माण कार्य सुरू भएको एक वर्ष पूरा हुँदा समेत पहिलो तलाको छत पनि हाल्न सकिएको छैन।

त्रिनगर माध्यमिक विद्यायका प्रधानाध्यापक भुपालसिंह खड्काले गत वर्षको दशैँसम्म काम राम्रोसँग भएपनि अहिले सन्तोषजनक रूपमा काम हुन नसकेको बताए। ‘गत वर्षको दशैँसम्म काम रफ्तारमा भयो’ उनले भने, ‘त्यसपछि चैत महिनासम्म काम ठप्प भयो। अहिले काम निकै सुस्त गतिमा चलिरहेको छ।’

भवन निर्माणको ठेक्का पाएको किरन कन्स्ट्रक्सन प्रालि कैलालीले भने लकडाउनका कारण काम प्रभावित भएको बताएको छ। किरन कन्स्ट्रक्सन प्रालि कैलालीका प्रतिनिधि धर्मराज भट्टले लकडाउनका कारण जनशक्ति र सामानको ढुवानीमा समस्या हुँदा निर्माणको काम प्रभावित भएको बताए। तर सम्झौता अवधि भित्रै निर्माण सम्पन्न गरिसक्ने दाबी निर्माण कम्पनीको छ।

उता धनगढी उप–नगरपालिकाले भने लकडाउनले गर्दा दुइ महिना ढिलो गरी काम सुरू भएका बताएको छ। धनगढी उप–महानगरपालिकाका शहरी विकास तथा प्राविधिक शाखा प्रमुख दीजराज भट्टले लकडाउनले गर्दा दुइ महिना ढिलो गरी काम सुरू भएको बताए। ‘लकडाउनले गर्दा दुइ महिना ढिलो गरी काम सुरू भयो’ उनले भने, ‘अहिले वर्षाले केही प्रभावित भएको छ। तर सम्झौता अवधिमा काम सकिन्छ।’

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!