युनिकोड    राशिफल    एफएम रेडियाे                        
463 पटक पढिएको

काठमाडौँः     काठमाडौंमा स्वास्थ्य सम्बन्धि राष्ट्रिय संयुक्त वार्षिक समीक्षा गोष्ठी सुरु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयेजना गरेको उक्त गोष्ठी बिहीबार र शुक्रबार दुई दिनसम्म चल्नेछ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले कार्यक्रम उद्घाटन गर्दै स्वास्थ्य क्षेत्रमा दाताबाट प्राप्त सहयोगको समुचित प्रयोग भए नभएकोप्रति सचेत बन्नुपर्ने धारणा राख्नुभयो। स्वास्थ्य क्षेत्रमा भएको लगानीको प्रतिफलबारे छलफल र बहसको आवश्यकता भएको उहाँको भनाइ छ।

उहाँले मन्त्रालयको आन्तरिक सुधारका साथै दाताबाट प्राप्त रकम कार्यक्रमको उद्देश्य अनुसार खर्च भए नभएको विषयप्रति मन्त्रालयका पदाधिकारीलाई सचेत रहन निर्देशन दिनुभयो।

उहाँले भन्नुभयो,“अन्तर्राष्ट्रिय दातृ संस्थाबाट स्वास्थ्यका विभिन्न क्षेत्रमा आएको लगानीले के हामीलाई प्रतिफल दिएको छ रु, यस्ता कतिपय बजेट कहाँबाट आउँछ र कहाँ जान्छ रु बजेट उद्देश्यअनुसार खर्च भएको छ वा छैन त्यो पाटो पनि हेर्न जरुरी छ। त्यसैले सरकारले यी बजेट रेडबुकमार्फत ल्याउनुपर्छ। ”

मन्त्री बस्नेतले जनशक्तिको दरबन्दी थप्ने प्रक्रियाको तयारी भइरहेको समेत जानकारी दिनुभयो। “तथ्याङ्कअनुसार ३३ हजार जनशक्ति छन् तर व्यवहारमा त्यो पनि छैन। गुणस्तरीय सेवा दिन यति जनशक्तिबाट सम्भव छैन। स्वास्थ्यमा नभई नहुने जनशक्ति दिन्छु भन्नेमा अर्थमन्त्रालय तयार भइसकेको छ। अब दक्ष जनशक्ति प्राप्तिका लागि लामो समय कुर्नै पर्दैन।”

चिकित्सा शिक्षाका विद्यार्थीमा निराशा बढेको भन्दै चिकित्सा शिक्षा ऐन संशोधन गरेर चिकित्सक र प्यारामेडिक्स नर्सको अध्ययनका लागि सहजीकरण गर्नुपर्नेमा समेत उहाँले जोड दिनुभयो।

यस्तै, यसवर्ष विश्व स्वास्थ्य दिवसका अवसरमा मन्त्रालयले स्वास्थ्य क्षेत्रका सबै व्यक्ति, संस्था र निकायको सहभागितामा राष्ट्रियस्तरको कार्यक्रम गर्ने पनि मन्त्री बस्नेतले जानकारी दिनुभयो। उहाँले मन्त्रालयको कामको समीक्षा, आगामी कार्यक्रमको उद्देश्य र समस्याका विषयमा छलफल गर्ने तयारी गरेको बताउनुभयो

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!