युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
732 पटक पढिएको

गोबिन्द्र राज तिमिल्सेना,बाजुराः लाग्थ्यो सानैमा आमा भन्ने शब्द केहो हो भनेर जब म हुर्किदै गए सबैलाई चिनजान गर्न सक्ने भए बिस्तार बिस्तारै थाहा पाउदै गए आमाको अर्थ तथा परिभाषा, यो सुनौलो दुनियाको रुप देखाउने,यो दुनियाँलाई चिनाउन सहयोग गर्ने,एक भगवानको बहुगुणि रुप भएको अमुल्य शब्द आमा रहेछ । यो आमा भन्ने शब्द दुनियामा यति अनमोल रहेछ बिस्तार थाहा हुदै गयो चाहेर पनि यो चिज शब्द किनेर किन्न नसकिने रहेछ,यतिमात्र होईन यो आमा भन्ने शब्द जिवनमा एकपटक मात्रै प्राप्त गर्न सकिदो रहेछ। आमा शब्द आफैमा उतिनै महान छ जसको कारण आज हामी यो दुनियामा रमाई रहेका छौ,यो सुन्दर दुनियाको स्वाद लिईरहेका छौ,दुनिया देखाउने,दुनियासंग लड्न,भिड्न सिकाउने त्यो प्यारो नाम तथा शब्द हो आमा,सबैलाई आफुलाई जन्मदिने आमाको माया लाग्छ,सबैले आ( आाफ्नो आमालाई माया ममता गर्छन् तर पनि पछिल्लो समय यो प्रबृत्ति हराउँदै गएको पनि पाईन्छ,यो दुनियाँलाई देखाउने आमा पर्ती को माया सबमा घट्दै गएको पनि पाईन्छ । टाढा गएको बेला घरतिरको आमा,बुबालाई नसम्झि हामी आफ्नो मनको मायालु संग समय बिताईरहेका हुन्छौ, घरतिर आमाबुबाको अबस्था के छ भनेर पनि एकपटक पनि सम्झिन चाहदैनौ तर रातभर दिनभर मनको मान्छे संग फोनमा समय खेर फालिरहेका हुन्छौं बिचरा घरतिर काम गरेर आफुलाई पढाईरहेका आमाबुबाको कत्ति पनि ख्याल गर्दैनौ,भएको पुरै समय अरुलाई खेर फालिरहन्छौ,एकपटक घरतिर फोन गरेर आमाबुबाको हालखबर त सुन्नुस,बुझ्नुस मनमा कति आनन्द आउँछ,तर पनि हामी यसो कहिल्यै गर्दैनौ आमाबुबाको माया मनमा राख्दैनौ अनि हामी उहाके छोराछोरि भएको के काम जन्मदिने आमा बुबालाई माया गर्न सक्दैनौं भनेर दुनियामा अरु के नै गर्न सक्छौ । तर पनि मनमा आमा( बुबा पर्तीको माया सधै अटल राखिरहनु पर्छ । यदि जन्मदिने आमा( बुबाको चित्त, मन दुखायौ भने जिन्दगिले हामीलाई कहिल्यै माफि दिन सक्दैन जहिले पनि जिन्दगिले सताईरहन्छ । छोराछोरि भएको कर्तब्य निभाउन आमाबुबाको मन खुसि राख्नु पर्छ । त्यसैमा जननि भनेकि त धर्तिमाता हुन । यदि धर्तिमाता लाई रुवाउन खोज्यौ भने धरति माताले नि हामीलाई रुवाउन खोजिरहन्छ त्यसैले धरति माताको सम्मान गर्न सिक्नु पर्छ ।

जिवनको उताबचढावको निमित्त पनि आफ्नो यात्रालाई कहिल्यै थाति नराखि अनबरक जिवनको यात्रामा दौडिरहेने,आफ्नो सन्तानको लागि हरपल( दुख कष्ट सहने घामपानिमा रुज्दै भिज्दै काम गरेर सन्तान पाल्ने एक मात्र नाम हो आमा यो आमा भन्ने शब्द भित्र भगवानको वास रहेको छ दुखको बेला भगवानले घरमा बास दिन्छ भन्छन आमाले पनि दुखको बेला वास मात्रै नभई गाँस,कपास समेत दिनुहुने पवित्र शब्द हो आमा जिवनमा कतिपयले आमाको महत्व अझै बुझ्न सकिरहेका छैन, किनकि तिनिहरु आफ्नै दुनियामा छन । आमाको माया ममताले बेरिएका भए सायद आमाको महत्व बुझिहाल्थे । यो सुनौलो दुनियाको रङ्गमञ्च देखाउने पनि आमा,दुखसुखमा साथ दिने पनि आमा,लालाबालाले खाएकि खाएनन् भनेर चिन्ता लिनुहुने पनि आमा,कति महान छ यो आमा भन्ने शब्द । माया दिने ममता दिने,ताति ताति गर्दै हिड्न सिकाउने पनि आमा,कठोर यात्रामा पनि काधमा,पिठ्युँउमा बोकेर घुमफिर गराउने पनि आमा त्यसैले आमा शब्द दुनियामा महान छ ।यसको सबैले सम्मान गर्छन आमाबिनाको जीवन मरुभूमिजस्तै हो। जहाँ मनले खुसी हात पार्न सक्दैन। आमा सन्तानको लागि महादेवता हुन्। आमाको बारेमा मातातीर्थ औंसीको दिनमात्र गुणगान गाएर आमाको भलो हुँदैन। आमालाई हेला गर्ने सन्तानलाई कुनै न कुनै समयमा नराम्रो आइलाग्छ। आमाको ओठमा सधैँ हाँसो दिन सक्नु नै सन्तानको सबैभन्दा ठूलो धर्म हो। जहाँ आमा त्यहाँ सधै घामछाँया हुन्छ।

आमाको सक्रियता सन्तानको भाग्य र भविष्य निर्माणसँग सम्बन्धित हुन्छ। आफूले खाई नखाई आफ्नो सन्तानलाई मीठो मसिनो खान दिने आमाको कर्त्तव्यप्रति कसैको गुनासो रहँदैन। आफूले निल्नै लागेको गास पनि सन्तानलाई दिन उत्साहित हुन्छन्। आमाको माया सन्तान पर्ती अमुल्य छ आमाको माया कहिल्यै धन सम्पतिले किन्न सकिन्छ नत्र कसैबाट खोसेर खोस्न सकिन्छ । आमा शब्द जिवनमा एकपटक गुमाईसके पछि फेरि कहिल्यै पाउन सकिदैन,अरु चिज हराए जस्तो खोजेर नत भेटिन्छ तन पुनः स्थापना गरौ भनेनि गर्न सकिन्छ । आमाको माया यो दुनियामा अमुल्य छ मेरो लागि मलाई जन्मदिने प्यारि आमा मेरि आमा हुन, यहाँ अरुको आमालाई मेरि आमा भनेर पनि पाउन सकिन्न आफ्नो आमा जसो भएतापनि दुनियाकै प्यारो हुन्छन । त्यसैमा मेरि आमा मेरो लागि प्राण हुन, दुनियामा आमा छोडेर अरुको साथमा रमाउन पनि मन लाग्दैन आमाले जति आफुलाई माया गर्नु हुन्छ त्यति नै आफुले पनि आमालाई माया गर्नु पर्दछ । यो दुनियामा आमा नै सबथोक ठानेर हामी अगाडि बढ्यौं भने जिवनमा कहिल्यै असफल हुदैनौ,किनकि आमा पर्ती हाम्रो त्यति नै माया छ भने जिवनमा जस्तो सुकै समस्या आईलाग्दा पनि आमाको आशीर्वाद लागिरहन्छ । यदि हामिले जिवनमा आमाको महत्व बुझेनौ, आमालाई माया गरेनौ भने जिन्दगिमा हामी कहिल्यै सफल हुन सक्दैनौ जिवनभर हामिले धोका तथा दुख झेल्नु पर्ने हुन्छ ।

कुनै एकान्त ठाउँमा गएको बेला जन्मदिने आमा सम्झिएको बेला मन लाग्दछ किनकि जन्मदिने आमाको मायाले मुटु पोलिरहेको हुन्छ ।यो आमा शब्द अरुभन्दा नि बढी न्यास्रो लाग्छ अनि आमा सम्झना गहभरि आसु भरि आँसु झर्ने गर्दछन । नजिक भए खुसीका अनि टाढा भए वेदनाका आँसु र्झछन्। त्यो आमाप्रतिको गहिरो प्रेम भएर नै हो। ’आमाको काखमा भएको मान्छे कहिल्यै दुःखी हुँदैन। आमा माया र ममताको खानि हो, साँच्चै भन्ने हो भने तपाईं महसुस गर्नु होश आमा छोडेर कतै गएको बेला तपाईंको मनमा कस्तो दुबिधा उत्पन्न हुन्छ तपाईलाई एक्लो वा केही न केही अभाव भएजस्तो महसुस हुन्छ। आमा भनेको संसार हो। संसारमा सबै कुरा पाइन्छ तर आमा पाइँदैन। आमा सन्तानको ढुकढुकी हो। । आमाबिनाको जीवन पानीबिनाको माछाजस्तै हुन्छ। जहाँ पानी नभए माछा बाच्न सक्दैन कतिपय सन्तानको लागि पनि आमा पानी सरह हुन कतिपय सन्तान आमा बिनाको जीवन कल्पना समेत गर्न सक्दैनन् । जसरि बालुवामा माछा फड्किएर ज्यान गुमाउछ, कतिपय आमालाई माया गर्ने सन्तान त्यसरि नै मृत्युको दोशाधमा पुग्छन,आमा जिन्दगिको बलियो फलामे खम्बा हुन,नत कसैले भाचेर भाच्न सक्छन,तोडेर तोड्न सक्छन,। सन्तान र आमाको माया दुबैमा बराबर हुन जरुरि दृखिन्छ । दुबैले एकआपसमा समान व्यवहार तथा माया देखाउनु पड्छ,जसरि चुम्बरहरु छुट्याउन खोज्दा पनि छुट्याउन समस्या हुनेछ आमा बिचको माया पनि त्यति नै अटल हुन जरुरि देखिन्छ, आमा सन्तान निर्माता हुन,आमा एक अशल राष्ट्र निर्माता समेत हुन ।कैयौं पीडा सहेर जन्म दिने भनेकै आमाले हो।

आफ्नो दशधारा दूध पिलाएर नाना ताते गर्दै हुकाउने पनि आमा हुन । सबैभन्दा पहिलो माया साटासाट गर्ने वर्ग पनि आमा हुन पहिलो शिक्षिका पनि आमा हुन । पिठ्यँुमा घाँसपातको भारी अनि भारीमाथि नानीबाबुलाई बोकेर घरगोठ गराउने पनि आमा नै हुन्। बालकको चौतर्फी विकासको विषयमा गहिरो व्यवहारिक चिन्तन दर्शाउने वर्ग पनि आमा नै हो। जन्मदिने आमालाई माया गर्ने कुरा सन्तानमा भर पर्ने गर्दछ कोहि सन्तानले आफ्नो आमालाई औधि माया गर्छन भने कोहि सन्तानले जन्मदिने आमालाई समेत टेरदैनन् । तरपनि आमाको लागि यो दुनियामा हामी सदा प्यारो मायालु बन्न आबश्यक देखिन्छ । आमाले सन्तानको लागि कुभलो कहिल्यै सोच्नु हुन्न बरु उहाँ चाहनु हुन्छ,मेरो सन्तान भबिष्यमा राम्रो भएको देशको ईज्जतदार मान्छे भएको हेर्ने आमाको ईच्छा हुन्छ त्यहि भएर त सबैले भन्ने गर्छन जननि जन्मभुमिश्च ,सोर्गा दपि गरिएसि आफुलाई जन्मदिने आमा र जन्माउने माटो सबैभन्दा प्यारा हुन्छन यो दुनिया भन्दा पनि प्यारा हुन्छन । आमाको माया नपाएको सन्तान फुल बिनाको सुगन्ध जस्तै,पानी बिनाको माछा जस्तै,सडकमा फालिएको कागजको टुक्रा समान हुन्छन,नत कसैको माया पाउँछन् नत कसैको सम्मान पाउँछन् सबैको प्यारो बन्न दुनियामा आमालाई बढि माया गर्नु पर्छ ।

भन्छन दुनियामा सुख लिनको लागि जब आमा कमजोर हुँदै जान्छिन्, आमाको हेरविचार एवं स्याहार सहयोगमा कत्ति पनि कमी आउन दिनु हुँदैन भन्ने भनाइ रहेको छ । यदि बुढेसकालमा आमाको ख्याल नराख्ने मान्छे जिवनमा कहिल्यै सुखि हुदैन जिवनभर उ सधै दुखिको दुखि भएर जिवनमा बिदा लिने गर्दछ । भन्छनअरुको लाखभन्दा आमाको काख नै प्यारो हुन्छ। संसारको सबैभन्दा रमाइलो समय भनेको आमाको फरियामा बेरिदा एवं काखका कोकोहोलो गर्दा हुन्छ। आमाले यस संसारमा जन्म दिनुभएको छ। त्योभन्दा ठूलो आमाको महिमा गर्ने अरु केही छैन। आमा जीवनको ज्योति हो। मायाको सागर हो। जीवनको पहिलो प्रभावकारी ज्ञानरुपी पाठशाला पनि हो। तसर्थ हिजोका दिनमा स्याहार गर्दागर्दै शिथिल आमाको जीवनलाई सुखी स्वास्थ्य र सम्पन्न बनाउन जीवनको महत्वपूर्ण पाटो आमाको बुढेसकालको सहाराको लागि खुसीसाथ खर्च गर्नैपर्छ। पूर्ण रेखदेख एवं लालनपालन गर्ने काम सन्तानको हो। तसर्थ सबै सन्तानले आफ्ना जीवनदातालाई उच्च सम्मान एवं रेखदेखका साथ पालनपोषण गर्न कम्मर कसेर लाग्नु पर्दछ।जन्ममात्र नदिई जिन्दगिका हरेक कथा ब्यथाको बारेमा पनि आमाले सिकाउनु हुन्छ जिन्दगिमा कसरी सफल हुने,कसरी नाम राख्ने भन्ने कुरा पनि आमाबाट नै सिकिन्छ । त्यसैले आमा धर्तीमाता हुन्,दुनियाको प्यारो शब्द भनेकै आमा हो,यसलाई हामिले कहिल्यै मनमुटुबाट हटाउनु हुन्न यदि आमा भन्ने शब्द जिवनमा भुल्यौ भने हामी दुखको खाडलमा गलामा पासो लगाएर मर्नु बाहेक अन्य बिकल्प केही देखिदैन, यस संसारमा सब भन्दा सजिलो र सबैभन्दा अनमोल शब्द आमा हो। आमा संसारमा एक मात्र शब्द हो, जसलाई कुनै परिभाषाको आवश्यकता पर्दैन, किनकि यो शब्द होइन, यो भावना हो। मेरी आमा धेरै समझदार, मेहनती र दयालु हुनुहुन्छ। मेरि आमाको यो अटुट साथले आज दुनियाँ नियालि रहेको छु । यदि आमाले जन्म नदिएको भए कसरी देख्न सकिन्थ्यो यो सन्सार,यो दुनिया मेरि आमालाई अझै पनि कोटि कोटि नमस्कार का साथ सास्टाङगदण्डब्रत गर्न चाहन्छु हे आमा, हे धरणि माता,तपाईंको माया सधै मुटुमा अडिग रहने छ ।

.….मेरी आमा…..

मेरी आमा दुखको भण्डार हुन,उहाले कहिल्यै सुख प्राप्त गर्न सक्नुभएन,अहिले पनि उहाँ दुखको नदिमा पौडि खेलिरहनु भएको छ । सानैमा छोराछोरि हुर्काउन,बढाउन अरुको खेतबारिमा काम गरेर हामीलाई पढाउनु भयो बढाउनु भयो कहिल्यै घामपानि भन्नू भएन साउन,भदौको असारे सिमिसमे पानिमा पनि भिजेर हामीलाई पाल्नु भयो पढाउनु भयो,घरमा चार पाच छोराछोरिलाई खुवाउन समेत अन्न नहुने मेरो घरमा अरुकै काम गरेर मेरि आमाले आज यहाँ सम्म पुगाउनु भयो । बाबा( सानै देखि अहिलेसम्म भैंसी गोठालो,नत पढ्न नि पाउनु भयो,नत हामीलाई राम्रोसँग पालन पोषण नि गर्न पाउनु भयो उहाको दिन उकालि,ओरालि लेकबेसि हुदै सकिए आमाको माया,ममताले उहाले पनि मिठो माया पाउनु भयो,लाग्छ त्यहि आमाको माया ममता साथ सहयोगले आमा शब्द दुनियामै प्यारो लाग्छ,आफु भोकै बसेर भएपनि हामीलाई कहिल्यै भोको हुन दिनु भयन अरुकै काम गरेर भएता पनि पाल्नु भयो, जन्मदै देखि माया ममताले हुर्काउनु भयो त्यहि भयर आमा शब्द दुनियाको लागि प्यारो छ । जन्मदै धर्तिमा पाईला टेकुञ्जेल देखि यो दुनियाँबाट बिदा नहुदा सम्म पनि आमाले सदा सदा माया गरिराख्नु हुन्छ। आमाको मनमा कहिल्यै आफ्ना छोराछोरि पर्ती बितृष्णाको भावना पैदा हुदैन बरु आमाको मनमा झन मायाको भण्डार उत्पन्न हुन्छ । मेरि आमा शोर्ग भन्दा नि प्यारि हुनुहुन्छ ,मेरि आमाको माया मनमा कहिल्यै नटुट्ने बलियो खम्बाको रुपमा मेरो मनमा अडिग भएर बसेको छ । दुनियामा जतिपनि कुराहरु ठुला भने तापनि यो आमा भन्ने शब्द धेरै प्यारो शब्दका रुपमा चिनिने गरिन्छ ।

मेरि आमा हरेक बिहान परिवारको राम्रो देखलाभ गर्दछिन। उनले मलाई अध्ययनको साथ धार्मिकता र सद्गुणको मार्गमा हिंड्न सिकाउँछिन्। मेरी आमालाई मेरो मनका सबै कुरा थाहा छ। किनकि आमाले मलाई र मैले आमालाई धेरै माया गर्छु । सायद दुनियामा यस्तो माया कसैले गर्दैनन होलान् उहाँले मलाई मेरो सुख र दुस्खमा सहयोग गर्नु हुन्छ। जब म समस्यामा हुन्छु, उहाँले ममा विश्वास सिर्जना गराउनु हुन्छ। उहाले मेरो नराम्रो समयहरूमा ममा आशाको किरण छरिदिनुहुन्छ । उहाँ सधैं मलाई एक राम्रो व्यक्ति हुनु भनेर सम्झाउनु हुन्छ । मेरी आमा मायाको देवता हुनुहुन्छ। म आफ्नो आमालाई संसारमा सब भन्दा बढी माया र विश्वास गर्दछु। म भगवानलाई धन्यवाद दिन चाहन्छु, कि उसले मलाई संसारमा सब भन्दा राम्रो आमा दिएको छ । जबम यो दुनियामा आफ्नो खुट्टामा आफै उभिन सक्ने हुन्छु अनि यो दुनिया आमाको पाउमा चढाउने छु । आमाको माया सन्सारमा प्यारो सबैलाई प्यारो छ, आमा बिश्वासको पात्र हुन हरेक सन्तानको झुटो,सहि सबै कुरा साचो ठान्नुहुन्छ आफ्नो सन्तानमाथि कसैले नराम्रो नजरले हेरेको उहाँ देख्न सक्नुहुन्न । मेरि आमा समाजको उदाहरणिय ब्यक्ति समेत हुन समाजमा अरुको खालि खानुभन्दा अरुको काम गरेर खानमा बिश्वास राख्नुहुन्छ, जिवनमा कहिल्यै कसैको बिनासित्ति खानुभएको छैन, केही काम गरेबापत त्यो अनुसारको ज्याला लगेर पेट पाल्नु भएको छ । त्यसैले त मेरि आमाको माया मेरो मनमा पनि अटल रहेको छ । जन्मदा खेरि सन्तानलाई बडो दुखका साथ हुर्काउनु भएकि हामीलाई मेरि आमाले जिवनमा कहिल्यै कुभलो सोच्नु भएन बरु समाजको हितको लागि वकालत गर्नु भएको छ । समाजमा जागरुकताको भावना पैदा गर्नु पर्छ भनेर सधै काममा लागि पर्ने मेरि आमा मेरो लागि प्राण हुन्, म मात्रै नभई मेरो स परिवारको आशा भरोसा मेरि आमा हुन ।त्यसैले त दुनियामा सबैभन्दा महङ्गो चिज भनेकै आमा हो,जननि हो, । दुनियामा आमा भन्ने शब्द यति गहनशिल रहेको छ। कसैले कल्पना समेत गर्न सक्दैनन् । मेरि आमा मेरो परिवारको गुरु तथा शिक्षिका हुन हामीलाई शिक्षा दिने पहिलो गरु मेरि आमा हुन समाजको राम्रो नागरिक बनाउन सहयोग गर्ने मानिस नि मेरि आमा हुन् हामीलाई मार्गनिर्देशित गर्नु हुने पनि मेरि आमा हुन , जब हामी निराश हुन्छौं तब उहाँ हाम्रो साथ आशाको किरणको रूपमा हिड्नु हुने पनि मेरि आमा हुन। त्यस कारण आमाको माया अपरम्पार रहेको छ । दुनियामा आमा शब्द भगवान स्वरुप रहेको छ ।

मेरि आमाले जीवनभर हाम्रो लागि धेरै गरिदिनु भएको छ , त्यसैले यो हाम्रो कर्तव्य पनि हो कि हामीले पनि आमाको लागि केही गर्नुपर्दछ,जन्मदिने आमाको लागि उहाले यति कठोर समस्या झेलेर हाम्रोलागी गरेको कामको फल हामिले दिनु पर्ने हुन्छ । बृद्धअबस्थामा हामीले उनको हर समय हेरविचार गर्नुपर्दछ, हामीले उनलाई दिन लागेको सबै खुशी दिन हामीले प्रयास गर्नुपर्छ। आज सम्म हामीले दिनहुँ आमाको आशिष् लिनु पर्छ किनभने जब आमाको आशिष् पाउँदछौं तब हामीले कसैको अगाडि आफ्नो हात फैलाउनु पर्दैन।आज तपाईं लाई के कुरा भन्दछु भने हरेक बिहान काम जानु अगाडि आमाको टीका र आशीर्वाद लिएर जानुहोस तपाईंले कुनै दिन दुख पाउनु हुने छैन किनकि तपाईंको शिरमा आमाको आशीर्वाद रहेको हुन्छ उक्त आशीर्वादले तपाई जिवनमा कहिल्यै असफल हुनु हुन्न किनकि आमाको माया तथा आशीर्वाद कहिल्यै झुटो हुदैन आमा माया सत्य हुन्छ सत्य कहिल्यै कसैसंग डराउदैन सत्यको सधै बिजयि हुन्छ त्यसले आमाको माया तथा आशीर्वाद हाम्रो जिवनको लागि कहिल्यै ननिभ्ने दियालो हो । जिवनमा सधै सुखि चाहनुहुन्छ भने तपाईंले कहिल्यै जन्मदिने आमाको मन नदुखाउनुहोस आमालाई खुसि बनाउन सक्नु भयो भने तपाईं जीवन भर सुखि रहनुहुन्छ । मेरि आमाले मेरो परिवारको लागि धेरै गर्नु भयको छ । परिवारको सुखको लागि दिनरात नभनेर काम गरेर परिवारलाई पाल्नुभएको छ । मेरि आमा मेरो परिवारको खुसि हुन । त्यसैले हरेक सन्तानले आमाको माया सदासदा मुटुमा राखेर हिड्यौ भने जिवनमा कहिल्यै असफल हुदैनौ जुनिभर आमाको माया तथा आशिर्वाद ले जिवन थप उज्वल बन्दै जान्छ ।

भन्छन जीवनमा जब ठूलो कुरा प्राप्त गर्न अरु सबै चिजलाई भल्नु तर आमा भन्ने शब्द कहिल्यै नभुल्नु यदि आमा शब्द भल्नु भयो भने तपाईंलाई प्राप्त हुन लागेको कुरा पनि गुम्नसक्छ ।

मान्छेलाई कसैले महान बनाउन नसकेतापनि , तर आफै महान बन्न चाहनेलाई कसैले रोक्न पनि सक्दैन ।यदि महान बन्न आमाको आशीर्वाद लियौ भने आमाले नै हामीलाई महान बन्न सिकाउनु हुन्छ, त्यसैले दुनियामा प्यारो शब्द भनेकै (आमा, आमा, आमा) नै हो यो शब्द कहिल्यै नभुलौ प्यारो सन्तानको परिचय दिउँ ।

गाेबिन्द्र राज तिमिल्सेना (कुशुम कान्छाे)

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!