युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
224 पटक पढिएको

बाजुराः जिल्लाको बडीमालिका नगरपालिकाले लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान बिभिन्न कार्यक्रम गरि मनाउने भएको छ । भोलीबाट सुरु हुने १६ दिने महिला हिंसा बिरुद्धको १६ दिने अभियानका क्रममा फरक दिन फरक कार्यक्रम गर्ने भएको हो ।

शुक्रबार नगरपालिकामा जिल्ला स्थिति सरकारी तथा गैर सरकारी कार्यालय संग नगर उपप्रमुख थापाले छलफल गरेर कार्यक्रम तय गरिएको नगरपालिकाको कार्यालयले जनाएको छ ।नगर उपप्रमुखको कार्यकक्षमा बसेको बैठकमा १६ दिने लैङ्गिक हिंसा कार्यक्रम कसरी सफल पार्ने, के के कार्यक्रम गर्ने, भन्ने बिषयमा छलफल भएको थियो । छलफलका क्रममा सहभागीहरुबाट सुझाव संकलन गरि कुन कार्यक्रम गर्दा बढी प्रभावकारी हुन्छ भन्ने बिषयमा समिक्षा गरेर विभिन्न कार्यक्रमहरु तय गरिएको हो ।

 

लैङ्गिक हिंसा बिरुद्धको अभियानको समयावधि बीच सुरुको दिन मैन बत्ति बालेर कार्यक्रम उद्घाटन गर्ने उद्घाटन, आचार संहिता तयार गरेर टास्ने, अपाङ्गता भएका व्यक्तिलाई सहयोग गर्ने, किशोरीहरु संगछाउपडी गोठ मुक्तका लागि धामी पुरोहित जनचेतनामूलक सडक नाटक कार्यक्रम गर्ने, गाउँका महिलाहरूलाई महिला संग सम्बन्धि समस्याहरु, हिंसाबाट कसरी जोगिने, आफु माथि हिंसा भएको खण्डमा कहाँ कसरी न्याय माग्ने लगायतका बिषयमा जानकारी गराउन नगरपालिकामै बोलाएर प्रशिक्षण कार्यक्रम गर्ने पनि बताइएको छ ।

उक्त प्रशिक्षण कार्यक्रममा कम्तीमा १ वडाबाट ५ जना महिलाहरुलाई सहभागी गराई झण्डै ५० जना महिलाहरुलाई बिषयगत समस्या संग सम्बन्धित व्यक्ति द्वारा प्रशिक्षण दिने कार्यक्रम तय भएको छ ।कार्यक्रमको अन्तिम दिन ¥याली सहित समापन गर्ने नगरपालिकाको कार्यालयले जनाएको छ । कार्यक्रमलाई सभ्य अनि भब्य तरिकाले सप्पन्न गर्न सबैलाई सहयोग गर्न र सहभागीता जनाउन नगर उपप्रमुख नन्दा थापाले आग्रह गर्नुभयो । नगरपालिकाले विभिन्न सहयोगी निकायहरु संगको समन्वय सहकार्यमा लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान भब्य रुपमा मनाउने तयारी गरेको उहाँले बताउनुभयो ।

विभिन्न जनचेतनामूलक कार्यक्रम मार्फत लैङ्गिक हिंसा न्यूनीकरणमा गर्ने उदेश्यले कार्यक्रम गर्न लागिएको उहाँको भनाई छ ।कार्यक्रम साहास नेपाल, उपहार नेपाल, एचआरसी, आइपास नेपाल, सामाजिक विकास मन्त्रालय, पिसवीन नेपाल र नगरपालिकाको समन्वय,सहकार्य र साझेदारीमा र आर्थिक सहयोगमा कार्यक्रम गरिनेछ । बैठकमा नगरपालिकाको विभिन्न शाखामा कार्यरत कर्मचारी, विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधि, सुरक्षाकर्मी, पत्रकार लगायतको उपस्थिति थियो । बैठक नगर उपप्रमुख नन्दा थापाको अध्यक्षतामा सुरु भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!