युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
देउबालाई स्वागत गर्न शुदुरपश्चिमबाट प्लेन चढेर काठमाण्डौ आए नेता कार्यकर्ता | नेपाली कला सँस्कृति प्रतिष्ठानकाे दाेस्राे बार्षिकाेत्सव हटेल किम्चिमा सम्पन्न | बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा |
3,109 पटक पढिएको

बाजुरा– जिल्लाको गौमुल गाँउपालिका वडा नम्बर २ रनेडा स्थायी घर भएकी ४५ बर्षिया सुर्जा सार्की एकाएक सम्पर्क विहिन भएकी छन । गहुँ गोरी, अनुमानित ४ फिट अग्ली आँखाको मुनी तिर लामो रेखि जस्तो हुलिया, चिउणोमा सानो घाउको निशन, हरियो सुट, रातो सौल बेरेकी फराक जस्तो सुरुवाल लगाएकी, नाँनमा खन्टो लगाएकी र कानमा मुद्रा लगाएको अवस्थामा रहीकी परिवार श्रोतले जनाएको छ । उनि लामो समय देखि भारतको नयाँ दिल्लीमा बस्दै आएकी थिईन ।

नेपाली मिति अनुसार २०८० कार्तिक ३० गते र भारतिय मिति अनुसार नोभेम्बर १६ तारिख २०२३ का दिन उनी भारतको नयाँ दिल्लीबाट घर गएकी थिईन । उनका श्रीमान भारतको नयाँ दिल्ली मै रहेको आफन्तले जानकारी दिएका छन । उनी जहिले पनि भारतबाट नेपाल जाँदा आँउदा एक्लै आँउने जाने गरेको र यस पटक पनि उनी एक्लै गएकी थिईन । मंसिर ४ गते एक्ली घरबाट दिल्ली आँउने भनी फर्किएकी थिईन । उनि घरबाट गौरीफन्टा पुग्दा सम्म सम्पर्कमा रहेको त्यस पछि उनी सम्पर्क बिहिन भएको श्रीमान जयलाल सार्कीले बताएका छन ।

४५ बर्षिया सुर्जाका ४ छोरीहरु मध्य एक छोरीले बिबिाह गरि सकेको र ३ छोरीहरु बुवाको साथमा रहेको उनका श्रीमान जयलाल साकीीले बताएका छन । सम्पर्क बिहिन भएकी महिला दिल्लीबाट घर गएर घर पुगी केहि दिन बसेकी थिएन । उनी थाइराइड भएको परिवारले जनाएका छन । परिवार स्रोतका अनुसार उनको पहिला देखि नै नेपालमा थइराइडको उपचार भैरहेकोले पुनः नेपाल मै चेकजाचका लागि गएको पारिवारिक श्रोतको भनाई रहेको छ ।

सम्पर्क विहिन सुर्जा करिव ४ दिन घरमा बसेर मंसिर ४ गते घरबाट दिल्ली आँउन भनी निष्किेको उनका श्रीमानले बताएका छन । उनी घरबाट हिडेर नेपाल भारत सिमावर्ती क्षेत्र गौरीफन्टा सम्म पुग्दा राती २ः ४७ बजे सम्म घरपरिवार र बहिनीको सम्पर्कमा रहेको उनकी बहिनी आरती सार्कीले बताएकी छन । रातको समय भएकोले पछिल्लो बिहान दिल्ली पुगीहाल्छन भनेर सबै सुतिसकेको तर बिहान फोन गर्दा निजको फोन स्वीच अफ भएको परिवारले बताएका छन । फोनमा चार्ज सकिएर अफ हुन सक्छ कहि ढिलो भयो होला केहि बेर पछि वेलुका सम्म पुग्छन भनेर बाटो कुरेका थियौँ तर सम्पर्कममा आँउने आस गर्दा पनि ४ दिन बिति सक्यो उनि सम्पर्कमा नआँउदा आफुहरुलाई थप चिन्ता उत्पन्न भएको परिवारले वताएका छन ।

सम्पर्क विहिन भएको ४ दिन सम्म पनि उनी आफन्तको सम्पर्कमा नआएकोले उनको खोजिका लागि सबैलाई घर परिवारले आग्रह गरेका छन । उमेरले परिपक्क महिला कहि कतै अर्को बिहे गरेर गएकोमा पनि आशंका गर्न नसकिने भएकोले कहि कतै एक्ली महिला देखेर कसैले केही गरि दियोकी भन्ने चिन्ता घर परिवारले ब्यक्त गरेका छन ।

माथीको हुलिया अनुसार कहिकतै कसैले फेला पार्नु भएमा निजका श्रीमान जयलाल सार्कीको सम्पर्क नम्बर +९१९९११०५५११३ निजकी बहिनी आरति सार्कीको सम्पर्क नम्बर +९१८८१०५११८१७ र नेपालमा आफन्तको सम्पर्क नम्बर नभएकोले सिमाना प्रहरी सुरक्षा गार्डको टोल फ्रि नम्बर १०० मा फोन गरेर सहयोग गरिदिन घर परिवारले आग्रह गरेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!