युनिकोड    राशिफल    एफएम रेडियाे                        
390 पटक पढिएको

बाजुराः  बुढीनन्दा नगरपालिका वडा नं. १ पिपलडालीका मुक्त हलियाहरुले निशुल्क प्राविधिक तथा उच्च शिक्षाको व्यवस्थापनको माग गरेका छन् ।

निशुल्क प्राविधिक तथा उच्च शिक्षाको व्यवस्थापन लगायतका माग राख्दै नगरपालिकाको कार्यालयमै पुगेर उनिहरुले ज्ञापनपत्र बुझाएका छन । मुक्त हलिया खाद्य अधिकार समूह वडा नं एक पिपलडालीमा गठन गरिएको समूहद्धारा ६ बुदेँ माग सहीत बुढीनन्दा नगरपालिकालाई ज्ञापनपत्र बुझाएका हुन् । सदियौं देखि अरुको काम गर्दै जिविका चलाइरहेका हलियाहरुले आफ्ना मागहरुको सुनुवाई नभएको भन्दै नगरपालिकालाई बारम्बार ज्ञापनपत्र मार्फत ध्यानाकर्षण गराउने गरेको फियान नेपाल बाजुराका कार्यक्रम संयोजक सविता थापाले बताउनुभयो। वडा तथा टोलमा रहेका समूहलाई फियान नेपालले नै सहजिकरण गर्दै शसक्त बनाउने र उनीहरुका समस्या बारे सचेत पार्ने काम गर्दै माग सम्बोधनका लागि ज्ञापनपत्र बुझाउने गरीएको छ ।

आफूहरुको पुस्तौ देखिको साहुको हलो जोत्नु पर्ने र अधियाँ खाने हलिया समुदायको अवस्था अझै पनि उस्तै रहेको उल्लेख गरीएको छ । दैनिक रुपमा ज्याला मजदुरी गर्दै आएको समुदायमा खाद्य सुरक्षा कायम गरी जीविकोपार्जन गर्नका लागि सीपमुलक र आयआर्जनका लागि तालिम तथा राहतमुखी कार्यक्रमका लागि यथासक्य समाधानका लागि पहल गरी दिन आग्रह गरीएको हो ।नेपाल सरकारले २०६५ साल भदौ २१ गतेका दिन पाँच बुदे सम्झौता गरेर तत्काल हलिया मुक्तीको घोषणा गरेको थियो । हलिया मुक्तिको घोषण गरेको लामो समय वितेसके पनि सरकार र हलिया विच भएका सम्झौताका बाँकी बुदाहरु अझै जस्ताका त्यस्तै रहेको उल्लेख छ ।

समग्र हलिया वस्ती भूमीहिन समुदाय, खेतियोग्य जमिनको अभाव, बड्डीगाड खोलाको कटान, पहिरोको जोखिम लगायतका चपेटाले उच्च खाद्य जोखिममा रहेको कुरा दिनको पारीलो घाम जस्तै छर्लङ्ग रहेको भए पनि आधारभुत आवश्यकता पुरा नहुनु विडम्बना भएको उनीहरु उल्लेख गरेका छन । नेपालको संविधानमा प्रत्यक व्यक्तिलाई सम्मानपुर्वक बाँच्न पाउँने अधिकार सुनिश्चित गरीएको भए पनि बिहान बेलुका छाक टार्ने मुस्किल रहेको हलिया बताउँदै आएका छन् । छुट भएका हलियाहरुको तत्काल लगत संकलन गरी प्रमाणीकरणको प्रक्रियामा लिन आवश्यक पहल गर्नुपर्ने, भूमिहिन तथा मुक्त हलियालाई भूमीको व्यवस्थापन गर्नुपर्ने माग राखेका हुन ।

पिपलडालीमा बसोवास गर्ने ४८ हलिया परिवार मध्य २८ घरपरिवार प्रमाणीकरण भई परिचय पत्र प्राप्त गरेको र बाँकी २० परिवारले प्रमाणीकरण हुन बाँकी रहेकाले प्रमाणीकरणका लागि माग गरेका छन् । त्यस्तै हलिया परिवारका कुपोषित आमा तथा बच्चाहरुलाई प्राथमिकता दिई पोषणको व्यवस्था गर्न, नगरपालिका र अन्य निकायबाट सञ्चालित योजना तथा कार्यक्रममा आफूहरुको अर्थपूर्ण सहभागिताको सुनिश्चितता र निशुल्क स्वास्थ्य उपचारको व्यवस्थापन हुनुपर्ने लगायतका माग राख्दै ज्ञापनपत्र पेश गरीएको छ । ज्ञापनपत्र बुझ्दै नगर उपप्रमुख राम बहादुर बोहराले नगरपालिकाका तर्फबाट हलियाका सवालमा काम गर्न तयार रहेको बताउनुभयो।

आफू हलियाका विषयमा विगत लामो समय देखि काम गर्दै आएको र अब छुट भएका हलियाहरुको लगत संकलन पनि मंसिर भित्रै गर्ने प्रतिवद्धता जनाएका छन । वडा नं एकका मुक्त हलियाहरुले आफ्ना माग लिएर बारम्बार नगरपालिकामा धाउनु पर्ने अवस्थाको अन्त्यका लागि अन्य सम्बन्धी निकायसँग समन्वय गरी प्रतिबद्धता जनाए । यहाँका मुक्त हलियाका अभाव र समस्या पुरानै अवस्थामा रहेकाले यी समस्या समाधानमा स्थानिय सरकारले विशेष ध्यान दिनु पर्नेमा फियान नेपाल बाजुराका संयोजक थापाले जोड दिनुभएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!