बाजुराः ठेक्का प्रक्रिया शुरु भएको झण्डै ३ वर्ष पछि बाँधु र वाई जोड्ने कर्णाली नदिमा पक्कि पुल निमार्ण कार्यको सिलान्यास गरीएको छ ।हिमाली गाउँपालिकाको वाँधु र स्वामीकार्तिक खापर गाउँपालिका को वाई जोड्ने उक्त पक्की मोटरेवल पुलको शिलान्यास गरीएको छ । सुदुरपश्चिम पुलसेक्टर महाकाली पुल आयोजनाका प्रमुख रामबहादुर गुरूङगले उक्त पुलको शिलान्यास गनुर्भएको हो ।
गत २०७७ साल चैत्र १२ गते पक्कि पुल निमार्णका लागि सम्झौता भइ २०८० असोज ४ गते ठेक्का सदर गरिएको थियो । अबको दुई वर्षमा १२ करोड ५४ लाख लागतमा उक्त पक्की पुल निमार्ण भइसक्ने निमार्ण कम्पनीले जनाएको छ । १ सय ४ मिटर लम्बाइ रहेको पक्किपुल निमार्णमा विभिद कारणले ३ वर्ष पछि काम सुरु गरीएको महाँदेब खिम्ति – अन्जना– एम के विल्डर्स कस्ट्रक्सन जेवि कम्पनिका प्रमुख चक्र शाहले बताउनुभएको छ । हिमालि गाउँपालिकाको वडा नं ७ बाँधु चुलिबगर र स्वामिकार्तिक खापर गाउँपालिकाको वाई जोड्ने पक्की पुलको सिलान्यास गरीएको उहाँले बताएका छन ।हिजो एक कार्यक्रमका विच पञ्चब्राह्रामण द्वारा स्वस्ति वाचनका साथ ब्राह्रमण देवराज उपाध्याय लगायतले पुजा अर्चना गरी पुलको सिलान्यास गरेका छन ।
हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द मल्लको अध्यक्षतामा सुरु भएको सिलान्यास कार्यक्रममा सुदुरपश्चिम पुलसेक्टर महाकाली पुल आयोजनाका प्रमुख रामबहादुर गुरूङ प्रमुख अतिथि रहनुभएको थियो । स्वामिकार्तिक गाउँपालिकाका अध्यक्ष भरत रोकाया विशिष्ट अतिथि रहनुभएको थियो । रेडियो बुढिनन्दाका स्टेशन प्रबन्धक नहकुल जोशीले सञ्चालन गर्नुभएको कार्यक्रममा स्थानियहरुको बाक्लो उपस्थित रहेको थियो । अबको दुई, तिन वर्ष भित्रै निर्माण कार्य सम्पन्न गर्ने गरी काम संञ्चालन गरीने पनि बताइएको छ ।











