बाजुराः जिल्लाको हिमाली गाउँपालिकाको कुवाडीमा निमार्णधिन १० शैयाको अस्पतालको निर्माणकार्य तिव्र रुपमा अगाडी बढिरहेको छ।कवाडीमा निर्माणाधिन गाउँपालिका स्तरीय १० शैयाको अस्पताल निर्माणकार्यलाई तिव्रता दिइएको छ। अस्पताल सेवा संचालनमा ल्याउनको लागि आवश्यक बजेट विनियोजन प्रत्येक आर्थिक वर्ष छुट्ट्याउदै आइरहेको गाउँपालिकाले बताएको छ। हिमाली गाउँपालिका वडा नम्बर ५ को कवाडीमा अस्पताल निर्माणकार्य तिव्र तरिकाले अगाडी बढी रहेको गाँउपालिकाले जनाएको छ । गाँउपालिकामा सुविधा सम्पन्न सेवा सुबिधा दिनको निमित्त उक्त अस्पताल निमार्ण गर्न लागीएको बताइएको छ । स्थानिय नागरिकहरुलाई काठमाण्डौ,नेपालगंञ्ज जस्तो ठाँउकै स्वास्थ्य उपचार प्रदान गर्न उक्त स्वास्थ्य संस्थाको निमार्ण गर्न लागीएको हिमाली गाँउपालिकाले जनाएको छ ।
स्थानीय नागरिक लाई अबको दिनहरूमा साधारण देखि जटिल खालका रोगहरुको उपचार गर्नका लागि विभिन्न महँगो अस्पताल बाहिर धाउन पर्ने अवस्था कम गर्नका निम्ति अस्पताल भवन निर्माणकार्य भैरहेको छ। आर्थिक अवस्था कमजोर भएका स्थानियहरुलाई सुविधा सम्पन्न स्वास्थ्य सेवा उपलब्ध गराउन अस्पतालको स्थापना गरीएको गाँउपािलका अध्यक्ष गोबिन्द्र बहादुर मल्लले बताएका छन । अध्यक्ष मल्लका अनुसार गाँउपालिका भित्र रहेका कुनै पनि नागरिकहरुले आर्थिक अभावको कारण ज्यान गुमाउन नपरोस्,उपचारको लागी टाढा लिनुपर्ने बाध्यता हटोस्,सबै स्थानियहरुले गुणस्तरीय स्वास्थ्य सुबिधा पाउन् भन्ने उदेश्यका साथ स्वास्थ्य संस्थाको स्थापना गरीएको बताएका छन । अबको छोटो समयमै स्वास्थ्य संस्थाको सम्पुर्ण कामहरु सम्पन्न गरेर सेवा उपलब्ध गराइने पनि उहाँले बताएका छन् ।
सुखी हिमाली समृद्धि हिमाली बनाउन गाउँपालिकाको विभिन्न स्वास्थ्य क्षेत्रमा लगानी गाँउपालिकाको तर्फबाट गरीरहेका छौ,पुनः पनि गरीरहने छौ उहाँले भन्न्नुभएको छ । पालिकाका ७ वटा वडामा ७ स्वास्थ्य सेवा केन्द्र र ४ वटा स्वास्थ्य इकाई केन्द्र स्थापना गरी २ वटा स्वास्थ्य चौकी गरि ११ वटा स्वास्थ्य संस्था सञ्चालनमा रहेका पनि बताएका छन । अझ थप जटिल खालका स्वास्थ उपचार गराउन पालिका भन्दा बाहिर धाउन नपरोस् भन्ने तरिकाले दश शैयाको अस्पतालको निमार्ण कार्य तारन्तार अगाडी बढाइएको पनि उहाँले बताएका छन ।











