युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
देउबालाई स्वागत गर्न शुदुरपश्चिमबाट प्लेन चढेर काठमाण्डौ आए नेता कार्यकर्ता | नेपाली कला सँस्कृति प्रतिष्ठानकाे दाेस्राे बार्षिकाेत्सव हटेल किम्चिमा सम्पन्न | बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा |
326 पटक पढिएको

बाजुराः  जिल्लाको बडीमालिका नगरपालिका–९ उखाडीमा निर्माणाधिन अवस्थामा रहेको ३३ केबीको सव–स्टेशनका जग्गाधनीले निमार्ण कार्य सुरु भएको चार वर्ष वितिसक्दा पनि जग्गाको मुआब्जा नपाएको गुनासो गरेका छन् । राष्ट्रिय प्रसारण लाइनमा जोडिएको बाजुरामा ३३ केबीको लागि सब स्टेशन निर्माण गर्दा बडीमालिका नगरपालिका र नेपाल विद्युत प्राधिकरणसंग भएको सम्झौता अनुसार जग्गाको मुआब्जा नपाएको जग्गा धनी देबबहादुर विष्टले बताएका छन् ।विद्युतको सव–स्टेशन निर्माणका लागि प्रयोग गरिएको जग्गाको मुआब्जा नगरपालिका र प्राधिकरणमा धाउदा चार वर्ष विति सकेको भएपनि मुआब्जा नपाएको विष्टले दुखेसो पोखेका छन् ।

खेतीयोग्य जमिन नै मासेर विद्युतको सब–स्टेशन बनाइएको र आफुहरुले अहिलेसम्म पालिका र विद्युत प्राधिकरणमा धाउदा मुआब्जा नपाएपछि कुनै विकल्प नभएकाले ताला लगाएको जग्गाधनीहरुले बताएका छन । जग्गा धनीहरुले सब–स्टेशनका लागि लागि दिएको जग्गाको मुआब्जा नपाएपछि पाँच महिना देखि निर्माण कार्य स्थलमा ताला लगाइएको छ । निर्माण कार्यस्थलमा ताला लागेपछि निर्माण कार्य अलपत्र परेको छ । निर्माणको जिम्मेवारी लिएको वाइवा इफ्राटेक शम्भु कम्पनीले सम्झौताको म्याद सकिन लाग्दा पनि निर्माण कार्य सकेको छैन ।नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र बाजुरा र बडीमालिका नगरपालिकाले विद्युतको सब स्टेशन निर्माणका बेला जग्गाको मुआब्जा दिने सहमती भएपनि निर्माण कार्य थालेको ४ वर्ष विति सक्दा पनि मुआब्जा नपाएपछि पाँच महिना देखि जग्गाधनीले मुल गेटमा ताला लगाएकाले निर्माण कार्यमा समस्या आएको कम्पनीले जनाएको छ । निर्माण स्थलमा नै जग्गा धनीहरुले मुआब्जाको माग गर्दै ताला लगाएपछि निर्माण कार्य अलपत्र परेको हो । तत्कालिन नगर प्रमुख पदम बडुवाल नेतृत्वको सरकारले सब स्टेशन निर्माण दिन आग्रह गरेर पालिकाले मुआब्जा दिने निर्णय भएको भएपनि हालका नगर प्रमुख अमर खड्का नेतृत्वको सरकारले विद्युतको सब स्टेशन निर्माण गरिरहेको जग्गाको क्षतीपुर्ति नदिएपछि निर्माण कार्यस्थलमा ताला लगाएको डबल बहादुर विष्टले बताएका छन् ।

 

नगरपालिका र विद्युत प्राधिकरण वितरण केन्द्र बाजुरामा पटक पटक जग्गाको मुआब्जा माग्दा पनि कुनै सुनुवाई नभएपछि बाध्य भएर ताला लगाएको उनीहरुले बताएका छन् ।विद्युतको सब स्टेशन। बनाउदा जग्गाको मुआब्जा दिने र कर्मचारी समेत राख्ने सहमती भएपनि कार्यान्वयन नहुँदा विद्यूतको ३३ केबी लाइनका लागि बन्न लागेको सब स्टेशनमा ताला लगाएको जग्गाधनी डबल विष्टले बताएका छन् । उनीहरुले जग्गाको मआब्जा नपाएसम्म ताला नखोल्ने बताएका छन् । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र बाजुराका कार्यालय प्रमुखराजेश कुमार झाले सब स्टेशन निर्माणको ठेका प्रादेशिक कार्यालयले गरेका कारण आफुले केही बोल्न नमिल्ले बताएका छन् । उनले नगरपालिकाले मुआब्जा दिने निर्णय गरेको र हाल सम्म मुआब्जा नदिएपछि जग्गाधनी डबलबहादुर विष्ट र देवबहादुर विष्टले निर्माण कार्य स्थलमा ताला लगाएको जानकारी दिएका छन् । उखाडीमा निर्माणधिन अवस्थामा रहेको विद्युतको सब स्टेशनमा लागेको तालाको विषयमा थप जाँबुझका लागि प्राधिकरण केन्द्रबाट टोलीआउन लागेको वितरण केन्द्र प्रमुख झाले बताए ।

विद्युतको सब स्टेशन निर्माणको ठेका सम्झौता भएको चार वर्ष विति सक्दा पनि निर्माण कार्य अझै सम्पन्न हुन सकेको छैन । वाइवा इफ्राटेक प्रालि शम्भु काठमाण्डौंले निर्माणको जिम्मा लिएको भएपनि हालसम्म सब स्टेशन निर्माण हुन सकेको छैन । सब स्टेशन ९ करोड ५५ लाखपाँचहजार ७९७ रुपैया ३२ पैसाको लागतमा निर्माणका लागि ठेका सम्झौता भएको हो । निर्माणको ठेका सम्झौता मंसिर मसान्तमा सकिन लागेको छ । मालिका टुडेबाट लगिएको…

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!