बाजुरा– नेकपा एमाले जिल्ला कमिटि बाजुराको जिल्ला अधिबेशन माघ २६,२७ र २८ गते कोल्टीमा हुने भएको छ । सोमबार बसेको नेकपा एमाले जिल्ला कमिटि बाजुराको बैठकले सो निणर्य गरेको हो ।नेकपा एमाले जिल्ला कमिटि बाजुराको नौँ बैठकले जिल्लाको उत्तरी क्षेत्रमा आठौँ अधिबेशन गर्ने नेकपा एमाले बाजुरा सचिव भरत थापाले बताएका छन ।
त्यसै गरि नेकपा एमाले बाजुराको बैठकले हालै सम्पन्न नेकपा एमाले सुदुर पश्चिम प्रदेश कमिटीको अधिवेशनमा निर्वाचित कमिटिलाइ बधाइ ज्ञापन गर्ने निर्णय गरिएको नेकपा एमाले प्रचार प्रशार बिभाग प्रमुख काशी बिकले बताएका छन ।त्यसै गरि यस अघि बिभिन्न समय पार्टीका शुभचिन्तकहरुको मृत्यू भएकाहरु प्रति श्रद्भान्जलीका साथै जाजरकोट केन्द्र बिन्दु बनाएर गएको भुकम्पमा परि मृत्यू भएकाहरु प्रति श्रद्भान्जली दिनुका साथै घाइतेहरुको स्वास्थ्य लाभको कामना गर्ने निर्णय गरिएको बिभाग प्रमुख बिकले बताएका छन ।











