बाजुरा: नेपाली काँग्रेसका महामन्त्री बिश्वप्रकाश शर्माले अव बाजुरा मुस्कुराए मात्र देश मुूस्कुराउने बताएका छन् । नेपाली काँग्रेस बाजुराको बृहत आमसभा कार्यक्रममा बोल्दै महामन्त्री शर्माले यस्तो बताउनु भएको हो ।दुर्गम बाजुरा जिल्ला मुस्कुराउदा मात्र देश मुस्कुराउने उहाँले बताउनु भयो । यदी बाजुरा नमुस्काए सम्म देश पनी मुस्काएको आभास नहुने संकेत महामन्त्री शर्माले गर्नुभयो ।दाग,रहित अनुहारको साथमा बाजुरा मुस्कुराउनु पर्ने बताउदै अव कुनै आमाले स्वास्थ्य उपचार नपाएर मर्नु नपरेको बाजुरा हुनुपर्छ,बालविबाह मुक्त जिल्ला भएर मुस्कराउनु पर्ने लगाएतका बिषयमा जोडदिनु भयो ।
बाजुरा धेरै प्रचुर सम्भावना बोकेको जिल्ला हो । यसमा मैले झापा बाट चुनाव जितेपनी बाजुराको विकासको लागी सधै साथ समर्थन रहने बताउनु भयो ।त्यसैगरी शिक्षा,स्वास्थ्य र यातायात लगाएत क्षेत्रमा नपाली काग्रेसले थुप्रै काम गरेको समेत उहाँले भन्नु भयो । प्रतिनिधि सभा सदस्य समेत रहेका शर्माले देशलाई विकासोन्मुख बनाउन मिसन होईन भिजन हुनुपर्ने उक्त कार्यमक्रमा बताउनु भयो ।
उनले भने –“मिसन ८४ को चिन्ता हैन मिसन कस्तो बनाउने र देशलाई सही मार्गमा कसरी लैजाने भन्नेमा चिन्ता गर्नुपर्छ ।” नेपाली काँग्रेस सरकारमा भएपनि गलत कार्यको विरोध गर्नु लोकतान्त्रिक अभ्यास भएको महामन्त्री शर्माको भनाई रहेको छ ।उनले भने –“ निर्वाचनपछि सरकार बनेर देशमा परिवर्तन भइरहेको छ ।” सरकारले गर्ने हरेक गतिविधीमा निगरानी गरेर गलतको खवरदारी र सही कामको समर्थन गर्न पछि नहट्ने महामन्त्री शर्माले प्रतिवद्धता जनाएका छन् ।












