युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
बाजुरामा बाढीपहिरोका कारण १६ घरपरिवार प्रभावित, साँफे–मार्तडी सडकखण्ड अवरुद्ध | नीति तथा कार्यक्रम खारेज गरी पुनर्लेखन गर्न एमालेको माग | वीर बहादुर बिष्टकाे "खण्सापका" मुक्तक विमाेचन | दार्चुलामा भूकम्पको धक्का महसुस | साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न | ६ वटा निर्णय गर्दै जिल्ला सल्लाहकार समितिको बैठक सम्पन्न |
309 पटक पढिएको

बाजुराः   गौमुल गाउँपालिकाका अध्यक्ष हरि बहादुर रोकायाले खेल क्षेत्रको विकास र खेलाडी उत्पादन गर्नका लागि सरकार पछि नहट्ने बताएका छन् । आज गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगीता सम्बन्धी पूर्व तयारी बैठकको सम्बोधन गर्दै उहाँले यस्तो बताएका हुन् ।पालिकाले प्रत्येक वर्ष खेलाडी प्रोत्साहनका लागि खेलकुदका गतिविधिहरु नियमित सञ्चालन गरिरहेको स्मरण गराउदैं खेलाडी स्वंयम स्थापित हुनुपर्ने बताएका छन । राष्ट्रपति रनिङ्ग शिल्ड मात्र नभएर अन्य हरेक समयमा खेलकुदका गतिविधिका लागि खेल क्षेत्रमा सरकारले लगानी गरेको अध्यक्ष रोकायाले बताएका छन् ।

 

आफुहरुले लगानी गरिरहने तर खेल क्षेत्रको विकास र खेलाडी उत्पादन नभए व्यर्थे हुने उल्लेख गरे । विद्यालय स्तरबाट नै खेलाडी उत्पादन र खेल क्षेत्रको विकासका लागि प्रत्येक वर्ष गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगीता सञ्चालन गरिने गरिएको उनको भनाइ छ ।कतिपय खेल क्षेत्रमै भविष्य बोकेका युवाहरु रहेका कारण अनुशासित र व्यवस्थित हुनुपर्नेमा जोड दिएका छन् । खेलाडीमा अनुशासन भएन भने उसले राम्रो स्थान ल्याउन नसक्ने बताउँदैं सर्वप्रथम खेलाडी मर्यादित, अनुशासित र व्यवस्थित हुनुपर्ने बताए ।

 

विद्यालयले उत्कृष्ट खेलाडी छनोट गरेर पािलका स्तरको राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगीतामा सहभागी गराउन प्रधानाध्यापकलाई आग्रह गरेका छन् । लहड र रहरले मात्र खेलाडी नबनेर भविष्य नै खेल क्षेत्रमा देख्ने खेलाडीले मात्र राम्रो फड्को खेल क्षेत्रमा मार्ने बताए ।पालिकामा रहेका अन्तर मावि स्तरीय विद्यालयका विद्यार्थीहरुबीच प्रतियोगीतामा प्रतिष्पर्धा गराईने भएको छ । खेलमा सहभागी हुने सम्पूर्ण खेलाडी तथा प्रशिक्षक सहितको टिमको सम्पूर्ण व्यवस्थापन पालिकाले गर्ने प्रमुख प्रशासकीय अधिकृत जगदीश प्रसाद भट्टले बताएका छन् ।

 

गौमुल गाउँपालिकाले आगामी मंसिर २२, २३ र २४ गते गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगीता आयोजना गर्ने भएको छ । राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगीता सम्बन्धी पूर्व तयारी बैठकमा पालिकामा रहेका ६ वटै माविका प्रधानाध्यापक तथा प्रतिनिधि लगायतको सहभागीता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!