बाजुराः जिल्लाको बडीमालिका नगरपालिकाले सेवा क्षेत्र भित्रका सामुदायिक विद्यालयहरुमा दिवा खाजाको रुपमा साताको एकदिन कोदोबाट बनेको परिकार खुवाउने भएको छ ।बडीमालिकाको कृषि विकास शाखाको आयोजना र गिप्ट नेपालको सहयोगमा मंगलबार नगरपालिकामा गरिएको १ दिने अन्तरक्रिया गोष्ठीमा कोदोजन्य परिकारबाट बन्ने खाजा साताको एक दिन विद्यालयका बालवालिकालाई खुवाईने बताइएको छ ।
नगरपालिकाले अन्तराष्ट्रिय कोदोजन्य वाली बर्ष २०२३ को अवसरमा प्रत्येक बिद्यालयमा दिवा खाजाको रूपमा साताको एक दिन कोदोबाट वनेको परिकार खुवाउने कार्यक्रममा सहभागी विद्यालयका प्रधानाध्यापक विव्यसका पधाधिकारी र सरोकारवाला निकायलाई जानकारी गराएको नगरपालिकाका नगर प्रबक्ता धर्मराज पाध्यायाले जानकारी दिनुभयो। अन्तराष्ट्रिय कोदोजन्य बाली वर्ष २०२३ अन्तरगत एक दिने अन्तरक्रिया कार्यक्रम तथा नेपाल विमा प्राधिकरण सुदूरपश्चिम प्रदेसको आयोजनामा कृषि विमा सम्वन्धि गोष्ठी कार्यक्रम समेत सम्पन्न गरिएको छ ।
अव रैथाने कोदोलाई नगरभित्रका २५ वटै सामुदायिक विद्यालयका बालवालिकाले दिवाखाजाको रुपमा उपभोग गर्ने प्रभक्ता समेत रहेको वडा नं ७ का वडा अध्यउक्ष पाध्यायले बताउनुभयो। कृषि विमा तथा बिद्यालयमा दिवा खाजाको रूपमा रैथाने परिकार समावेश गर्ने विषयमा सहभागिहरुविच महत्वपूर्ण छलफल गरिएको छ । बडीमालिकाका नगरप्रमुख अमर खड्काको अध्यक्षतामा गरिएको उक्त कार्यक्रमको संचालन कृषि विकाश शाखाका प्राविधिक सहायक रमेश विकले गरेका थिए । नगरपालिकाको नयाँ हलमा आयोजना गरिएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक, विव्यसका पदाधिकारी र सरोकारावाला निकायका गरी करिव डेढ सय बढीको सहभागिता रहेको थियो ।











