गँग बहादुर कार्की– बिश्वव्यापीरुपमा फैलि रहेको महामारी (कोभिट–१९) को दोस्रो चरणको लहरले नेपालमा पनि भया भह रुप लिई रहेको छ । यसै शिलसिलामा जनता समाजवादी पाटी नेपाल बाजुराले सबै बाजुराबासीहरुलाई सचेत रहन एक बिज्ञप्ती जारी गरेको छ । दोस्रो चरणको भयानक कोभिटको लहर छिमेकी मुलुक भारतबाट नेपाल आउनेबाट आइरहेको बेलामा अनिवार्य बिदेशबाट भित्रिनेहरुलाई स्वास्थ्य चेकजाँच गरी अनिवार्य १४ दिन सम्म होम क्वारेनटाइनमा बस्नु पर्ने विज्ञप्तीमा लेखिएको छ ।
जनता समाजवादी पाटी नेपाल बाजुराका जिल्ला अध्यक्ष मनिराम रेग्मीद्वारा हस्ताक्षरित बिज्ञप्तीमा भनिएको छ अत्यावश्यक काम बाहेक घर बाहिर ननिष्कन सर्बसाधारणलाई अनुरोध गरिएको छ । नेपाल सरकारले जारी गरेका स्वास्थय सम्बन्धी मापदण्डहरुको प्रयोग अनिवार्य रुपमा गर्नु पर्ने बिज्ञप्तीमा भनिएको छ । यसरी बिशेष कामले घर बाहिर निष्कनै पर्ने भए माक्स लगाएर निष्कनु पर्ने र जिल्ला प्रशासन कार्यालयले जारी गरेको सुचनाको अनिवार्य पालना गर्नु पर्ने भनिएको छ । यसरी हरेक तह र तप्काका स्वास्थ्य सम्बन्धी काम गर्ने निकायहरुको नियम पालना गरी आफ्नो स्वास्थ्य सुरक्षित राख्न स्वास्थ्य सम्बन्धी नियमहरु पालना गरी आफु पनि बचौँ अरुलाई पनि बचाँउ भन्ने कुरालाई आत्मसाथ गरी सभ्य नागरिकको पहिचान दिँउ बिज्ञप्तीमा भनिएको छ ।