हुम्लाको अदानचुली गाउँपालिका वडा नं २ देखि ६ सम्मका बाढी पहिरो प्रभावितहरुलाई खाद्यन्न वितरण गरीएको छ । गत असोज ४ गतेको वर्षात सँगैको बाढी पहिरोले प्रभावित ५ सय ७५ परिवारहरुलाई खाद्यन्न वितरण गरीएको छ । नेपाली काँग्रेस केन्द्रीय सम्पादक सदस्य जीवन बहादुर शाही, जिल्ला सभापति मोहनविक्रम सिंह, केन्द्रीय सदस्य तथा कार्य समितीको सहयोगमा खाद्यन्न वितरण गरीएको हो ।
अन्दानचुलीवासीको समस्यामा सधैभरी साथ रहने उल्लेख गर्दै प्रभावित परिवारका लागि राहत स्वरुप चामल,दाल,चिनि लगायत अन्य खाद्यन्न वितरण गरीएको बताइएको छ । बाढी पहिरोबाट प्रभावित भएको बेला राह पाँउदा स्थानिय खुसी भएका छन । नेपाली काँग्रेसका जिल्ला सभापति तथा अदानचुली गाउँपालिकाका अध्यक्ष मोहनविक्रम सिंहले प्रभावितहरुलाई खाद्यन्न वितरण गरेको नेपाली काँग्रेसले जनाएको छ ।