युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
346 पटक पढिएको

गाेबिन्द्र राज तिमिल्सेना बाजुराः गौमुल गाँउपालिकामा पालिका स्तरीय चौथो राष्ट्रपति रनिङ्ग शिल्ड सुरु भएको छ । “ स्वास्थ्यका लागी खेलकुद,राष्ट्रका लागी खेलकुद ” भन्ने मुल नाराका साथ आजबाट पालिका स्तरिय चौथो राष्ट्रपति रनिङ्ग शिल्ड सुरु भएको गाँउपालिकाले जनाएको छ ।उक्त चौथो पालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्डको उद्घाटन सुदुरपश्चिम प्रदेश सभा सदस्य माननिय पदम बहादुर शाहीले गर्नुभएको छ । खेल क्षेत्रको विकास र खेलाडी उत्पादन गर्नका लागि पािलकामा पालिका स्तरीय चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता संञ्चालन गरीएको गाँउपालिकाका अध्यक्ष हरी बहादुर रोकायाले बताएका छन । अध्यक्ष रोकायाका अनुशार पालिकाले प्रत्येक वर्ष खेलाडी प्रोत्साहनका लागि खेलकुदका गतिविधिहरु नियमित सञ्चालन गरिरहेको स्मरण गराउदैं यो बर्ष पनि चौथो पालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्डको आयोजना गरीएको बताएका छन । विद्यालय स्तरबाट नै खेलाडी उत्पादन र खेल क्षेत्रको विकासका लागि हरेक बर्ष गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगीता सञ्चालन गरीदै आएको बताउदै यो बर्ष पनि नियमितता दिनको लागी कार्यक्रमको आयोजना गरीएको बताएका छन । ।पालिका भित्र खेलप्रति चाँसो राख्ने युवाहरुको जमात धेरै भएका कारण ति युवा तथा वालवालिकाहरुको पहिचान गरी उनिहरुको खेललाई थप बढवा दिनको लागी कार्यक्रम आयोजना गरीएको बताए ।

पालिकाले यो भन्दा अगाडी नै सुचना निकालेर पालिका भरिका सबै बिद्यालयका बिद्यार्थिहरुलाई छनोट गरेर पालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्डमा सहभागि गराउन जानकारी गराएको थियो । पालिकाका सम्पुर्ण बिद्यालयले पनि बिद्यालयमा रहेका अनुशाशित,इमान्दारी,लगनशिल बिद्यार्थी खेलाडीहरु छनोट गरी पालिका स्तरीय रनिङ्ग शिल्डमा सहभागी गराएका छन । खेलमा सहभागी हुने प्रत्येक बिद्यालयका सम्पूर्ण खेलाडी तथा प्रशिक्षक सहितको टिमको टोली पालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्डमा उपस्थित भइसकेका छन । पालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्डमा बिद्यार्थी तथा प्रशिक्षकको ब्यबस्थापन सबै पालिकाले नै गर्ने गाँउपालिकाले जनाएको छ । खेल क्षेत्रमै भविष्य बोकेका युवा बिद्यार्थीहरु पािलकामा धेरै रहेका कारण ति बिद्यार्थीहरुको खेलप्रतिको चाँसोलाई थप निरन्तरता दिनको लागी पालिकाले चौथो पालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्डको आयोजना गरेको पालिका स्रोतले जानकारी दिएको छ । लहड र रहरले मात्र खेलाडी नबनेर भविष्य नै खेल क्षेत्रमा देख्ने खेलाडीले मात्र राम्रो फड्को खेल क्षेत्रमा फड्को मार्ने कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका थिए ।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि सुदुरपश्चिम प्रदेश सभा सदस्य माननिय पदम बहादुर शाहीले, खेलले राष्ट्रको लागी मात्रै नभई मानिसको शारिरकि तथा सर्वाङ्गिण बिकाशमा महत्वपुर्ण भुमिका निर्वाह गर्ने कुरा बताउदै खेललाई प्रमुख प्राथामिकतामा राखेर अगाडी बढ्नुपर्ने बताएका छन । आफ्नो बाल्यकालको खेलप्रतिको स्मरण गराउदै सबै युवा तथा बालबालिकाहरुमा खेलले मानिसको जिवनमा ठुलो परिर्वतन गरिदिने बताएका छन । दैनिक खेलप्रति चाँसो राख्ने युवा बालबालिकाहरुको शारिरीक शक्ति पनि बलियो हुने कुरा समेत बताएका छन । खेल देशकै गर्वको कुरा मात्र नभई आफ्नो जिवनमा पनि त्यति नै महत्वपुर्ण रहेकाले खेल क्षेत्रलाई धेरै भन्दा धेरै बिकाश गरेर आफुसंगै अगाडी बढाएर लैजानु पर्ने कुरामा जोड दिनुभएको छ । देशको अर्थतन्त्र अन्य क्षेत्रमा बढी लगानी गर्नुभन्दा खेलक्षेत्रमा बढी लगानी गरे देशको खेल क्षेत्र थप बलियो बन्ने उहाँले बताए । देशमा राम्रा खेलाडीहरु उत्पादन गरे बिदेशि अर्थतन्त्रलाई पनि संञ्चित गर्न सकिने कुरामा उहाँले बिषेष जोड दिएका छन । देशमा खेलक्षेत्रको लागी कुने पनि गुणस्तरीय प्रबिधिको बिकाश समेत हुन नसकेको बताउदै देशका खेलाडीहरु पछाडी परिरहेको उहाँले बताएका छन ।

देशमा नत कुनै गुणस्तरीय खेल रंगशालाहरु नै निमार्ण गर्न सकिएको छ, नत खेलाडीहरुको लागी उचित ब्यबस्थापन गर्न सकिएको छmयदि देशमा उचित गुणस्तरीय खेल प्रबिधिको बिकाश गरी खेलाडी ब्यबस्थापन गर्न सकियो भने देशको खेल क्षेत्र गुणस्तीय बनाउन सकिने बताएका छन । जिल्ला बाजुराको खेल क्षेत्रको उदाहरण दिदै जिल्लामा खेल क्षेत्रको कुनै पनि राम्रो बिकाश हुन नसक्दा जिल्लाका अनुशाशित राम्रा खेलाडीहरु पछाडी परिरहेको बताएका छन । जिल्लाको खेल क्षेत्रको बिकाशको लागी आफ्नो तर्फबाट प्रदेशमा बिषेष पहल गर्ने पनि माननिय शाहीले बताए । आफुलाई पनि सानैमा खेलप्रतिको चाँसो निकै राम्रो भएका कारण खेलप्रति बिकाश गर्नमा आफु सधै तत्पर रहने उहाँले बताए । जिल्लाको खेल क्षेत्र तथा खेलाडी उत्पादनमा सधै कटिबद्ध रहेर लागी पर्ने बताएका छन । खेलाडीहरु अनुशासित र व्यवस्थित हुनुपर्नेमा जोड दिदै खेलाडीमा अनुशासन भएन भने उसले राम्रो स्थान ल्याउन नसक्ने बताउँदैं सर्वप्रथम खेलाडी मर्यादित, अनुशासित र व्यवस्थित भयो भने देश तथा जिल्लाको खेल क्षेत्रको बिकाश गर्न सकिने कुरामा समेत जोड दिएका छन ।

पालिकाले आजबाट संञ्चालन गरेको पालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड तिन दिन सम्म संञ्चालन गरीने बताइएको छ । आजबाट संञ्चालन भएर यहि मंसिर २४ गतेका दिन सम्पन्न गरीसकिने गाँउपालिकाले जनाएको छ । गाँउपालिका भित्र रहेका ६ वटै वडाभरीका अन्तर मावि स्तरीय विद्यालयका विद्यार्थीहरुबीच प्रतियोगीतामा प्रतिष्पर्धा गराईने भएको छ । एक औपचारीक कार्यक्रमका बिच गाँउपालिकाको केन्द्र घट्मुनामा उक्त चौथो पालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्डको सुरुवात गरीएको छ । गाँउपालिकाका खेल संयोजक बल बहादुर रोकायाको अध्यक्षतामा सुरु भएको कार्यक्रमको प्रमुख अतिथि सुदुरपश्चिम प्रदेश सभा सदस्य माननिय पदम बहादुर शाही रहनुभएको थियो । कार्यक्रममा पालिका अध्यक्ष हरी बहादुर रोकाया,५ नं वडा अध्यक्ष कलक सिंह,गोरख बहादुर बोहरा,नेपाली काँग्रेस बडिमालिका नगर सभापति गोपाल कार्की,गौमुल गाँउपालिका सभापति राज धामी,लगायत बिशिष्ट अतिथि रहेका थिए । उक्त कार्यक्रममा प्रेश युनियन जिल्ला उपाअध्यक्ष जय बहादुर रावत,बिभिन्न वडाका वडा अध्यक्ष,वडा सदस्य,बिभिन्न बिद्यालयका प्रधानाध्यापक,राजनितिक दलका प्रमुख एवम् प्रतिनिधि,सुरक्षा दलका प्रमु एवम् प्रतिनिधि,सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधि, खेलमा सहभागी बिद्यार्थी,प्रशिक्षक लगायत स्थानियहरुको बाक्लो उपस्थित रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!