गोबिन्द्र राज तिमिल्सेना,बाजुराः सुदूरपश्चिम् प्रदेश सरकारका प्रदेश सभा सदस्य बाजुरा प्रदेश सभा (ख) बाट निर्वाचित प्रदेश सभाका सदस्य माननिय पदम बहादुर शाहीले खेल क्षेत्रलाई प्रमुख प्राथामिकतामा राखेर अडगाडी बढ्नुपर्ने बताएका छन। आज गौमुल गाँउपालिकाले आयोजना गरेको चौथो पालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्डको सम्बोधन गर्नुहुदै उहाँले यस्तो बताउनु भएको हो ।खेलले राष्ट्रको लागी मात्रै नभई मानिसको शारिरकि सामाजिक,आर्थिक,तथा सर्वाङ्गिण बिकाशमा महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताउदै खेल क्षेत्रलाई प्रमुख प्राथामिकतामा राखेर अगाडी बढ्नुपर्ने बताएका छन ।मानिसको जिवनमा पानी जति आबश्यक छ त्यसकै उदारण दिदै मानविय जिवनमा खेल पनि पानी जतिकै आबश्यक रहेको बताएका छन ।

कुनै न कुनै मानिसको लागी खेल संसारकै सबैभन्दा ठुलो चिज पनि भएको समेत बताएका छन । संसारमै कतिपय मानिसहरु खेल खेल्न नपाँउदा मृत्यु बरण गरेका घटनाहरु रहेको पनि उहाँले बताएका छन । खेल क्षेत्र संसारकै गौरवरको कुरा भएका कारण यो क्षेत्रलाई सबैले हातेमालो गरेर अगाडी बढाएर लिनुपर्ने बताए । देशमा सक्षम,इमान्दारी,मिहिनेती खेलाडी उत्पादन गर्नको लागी बिभिन्न ठाँउहरुमा बिभिन्न समय समयमा खेल प्रतियोगिताको आयोजना गर्न आबश्य रहेको उहाँले बताएका छन । कार्यक्रममा बोल्दै गौमुलमा मात्रै नभई यो राष्ट्रपति रनिङ्ग शिल्ड जिल्लाका सबै पालिकामा त्यतिनै प्राथामिकतामा राखेर अगाडी बढाउनु पर्ने बताए । जिल्लामा कोहि कोहि पालीकाले मात्रै खेल क्षेत्रको बिकाशमा योगदान पुर्याएको भए पनि कतिपय पालिकाले भने खेल क्षेत्रको बिकाशको लागी कुनै पनि पहल नगरेको समेत उहाँले बताएका छन । पालिका माथि नराम्रो दृष्टिले नहेरी सकारात्मक तरीकाले खेल क्षेत्रको बिकाश गर्न सबै पालिकाले उचित प्राथामिकता दिनुपर्ने समेत उहाले सबै पालिका तथा पालिकाका प्रमुख,उपप्रमुख,अध्यक्ष,उपाअध्यक्ष सबैमा अपिल समेत गरेका छन ।

जिल्लाको खेल क्षेत्रलाई बिकाश गर्नको लागी एकले मात्रै नभई सबैले लागी पर्नु पर्ने समेत उहाँले बताए ।“ एक थुकी सुकी,सय थुकी नदी ”एभने झै जिल्लाको खेलको बिकाशको लागी एक जनाले बोलेर मात्रै केहि नहुने बताउदै खेलको बिकाशको लागी सबैल आवाज फुक्नु पर्ने बताएका छन । जिल्लामा राम्रा राम्रा खेलाडीहरु भएतापनि जिल्लामा उचित खेलमैदान नभएका कारण जिल्लाका खेलाडीहरु पछाडी परिरहेको बताउदै यसको बिकाशमा सबै पालिका नगरपालिका लागी परेर जिल्लाको खेल क्षेत्र बिकाशमा ल्याउन जरुरी रहेको बताएका छन । जिल्लाको खेल क्षेत्रको बिकाशमा आफुले सक्दो प्रयास गर्ने,जिल्लामा रहेका खेल क्षेत्रका पिडाहरु प्रदेशमा सुनाउने,लगायत खेल क्षेत्रको बिकाशमा अहम भुमिका निर्वाह गर्ने पनि उहाँले बताए ।कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य शाहीले गाँउपालिका अध्यक्ष रोकायाले भने झै “ खेल क्षत्रको बिकाशका लागी सरकार पनि पछि नहट्न ” बताउदै आफुले पनि यो कुरामा बिश्वास राखेको बताए, सरकाले पनि खेलको बिकाशको लागी सक्दो प्रयास गरीरहेको र अझै सरकार खेल क्षेत्रको बिकाशमा लागी रहने उहाँले बताएका छन ।
आफु पनि सानैमा खेललाई मन पराउने बाल्यकालको स्मरण गराउदै अहिलेको शताब्दीमा सबै युवा तथा बालबालीकाहरुमा खेल धेरै महत्वपुर्ण रहेको बताउदै खेलले मानिसको जिवनमा ठुलो परिर्वतन गरिदिने समेत बताएका छन । दैनिक खेलप्रति चाँसो राख्ने युवा बालबालिकाहरु जिवनमा कहिल्यै असफल नहुने र अनुशाशीत,इमान्दारी खेलाडीले भोकै बस्नु नपर्ने समेत बताए । खेल देश तथा बिदेशकै गर्वको कुरा मात्र नभई आफ्नो दैनिक जिवनमा पनि त्यति नै महत्वपुर्ण रहेकाले खेल क्षेत्रलाई धेरै भन्दा धेरै बिकाश गरेर आफुसंगै अगाडी बढाएर लैजानु पर्ने कुरामा समेत जोड दिनुभएको छ । देशमा उत्पादित जतिपनि अर्थतन्त्र अन्य क्षेत्रमा बढी प्रयोग गर्नु भन्दा खेल क्षेत्रमा बढी प्रयोग गरे खेलाडी लगायत खेलको पनि बिकाश हुने कुरामा उहाँले जोड दिनुभएको छ । जिल्लाको खेल क्षेत्रलाई बिषेष ध्यान राख्दै जिल्लामा राम्रा खेलाडीहरु उत्पादन गरेजिल्लाको मान,सम्मान तथा इज्जत बढ्नुका साथै जिल्लाको अर्थतन्त्रमा पनि सुधार आउने बताएका छन । खेलाडीहरु अनुशासित र व्यवस्थित हुनुपर्नेमा जोड दिदै खेलाडीमा अनुशासन भएन भने उसले राम्रो स्थान ल्याउन नसक्ने बताउँदैं सर्वप्रथम खेलाडी मर्यादित, अनुशासित र व्यवस्थित भयो भने सिंगो देशको खेल क्षेत्रको बिकाश गर्न सकिने उहाँले बताएका छन ।











