युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
193 पटक पढिएको

बाजुराः  ग्लोबल आईएमई बैंक बाजुरा शाखाले महिला सुरक्षित आवास गृहलाई आर्थिक सहयोग गरेको छ । लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानको आज अन्तिम दिनको अवसरमा बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत बाजुरामा रहेको महिला सुरक्षित आवास गृहलाई आर्थिक सहयोग गरेको हो । आइतबार सदरमुकाम मार्तडीस्थित खुल्ला मञ्चमा भएको लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानको समापन कार्यक्रममा ग्लोबल आईएमई बैंक बाजुराले सो कार्यक्रमको अवसरमा बिस हजारको चेक सुरक्षित आवास गृहलाई हस्तान्तरण गरिएको ग्लोबल आईएमई बैंक बाजुरा शाखाका प्रबन्धक भेषराज देवकोटाले बताए ।

लैङ्गिक हिंसामा प्रभावित महिला तथा बालबालिकाहरुलाई केहि सहयोग पुगोस् भन्ने उदेश्यका साथ आवस गृहलाई आर्थिक सहयोग गरिएको ग्लोबल आईएमई बैंक बाजुरा शाखाका प्रबन्धक देवकोटाले बताए । अहिले सानो आर्थिक सहयोग भएपनि आगामी दिनहरुमा थप सहयोग गरिरहने प्रतिबद्धता ब्यक्त गरेका छन । त्यसै गरि हरेक बर्षको नोभेम्बर २५ देखि डिसेम्बर १० तारिखसम्म अन्तराष्ट्रिय रुपमा बनाइने लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान बाजुरामा एक कार्यक्रमका बिच आज समापन गरिएको छ । १६ दिनसम्म लैङ्गिक हिंसा रोकथामका लागि १६ दिने अभियानमार्फत विभिन्न कार्यक्रम गरेर मनाइने अभियान डिसेम्बर १० अर्थात आज समापन भएको हो ।

लैङ्गिक हिंसाको प्रतिकार तथा कानुनी उपचारका बारेमा देशको संविधानमा नै प्रष्ट उल्लेख गरिएकाले घर तथा समाजमा हुने कुनै पनि प्रकारका हिंसा कसैले पनि सहेर नबस्न कार्यक्रममा बोल्ने वक्ताहरुले आग्रह गरेका छन । बडिमालिका नगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजना र पिसविन नेपाल, उपाहार नेपाल, युनएपपिए, भिएसो, आइपास, एचआरसी साहस नेपाल, गिफ्ट नेपाल लगायतका संस्थाहरुको समन्वयमा सुरु गरिएको लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान कार्यक्रमको समापन गरिएको छ ।

वडा नंः ८ का वडा अध्यक्ष तथा कार्यवाहक नगर प्रमुख चन्द्र बहादुर थापाको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा प्रमुख अथिति प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेल रहेका थिए । त्यस्तै बिशिष्ट अथितिमा बडिमालिका नगरपालिका प्रमुख प्रसाशकिय अधिकृत देवेन्द्र सापकोटा, बडिमालिका नगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख केशरी रोकाया लगायत रहेका थिए भने अथितिमा जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख कबिन्द्रसिंह बोहरा, सशस्त्र प्रहरी अश्रीत गुल्म प्रहरी नावय उपरीक्षक संकरदत्त तिवारी, ग्लोबल आईएमई बैंक बाजुरा शाखाका प्रबन्धक भेषराज देवकोटा, सर्वसाधारण, बिद्यार्थी, सुरक्षाकर्मी, पत्रकार लगायतको सहभागीता रहेको थियो । कार्यक्रमको सञ्चालन बडिमालिका नगरपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखा सहायक अधिकृत बिन्दु बडालले गरेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!