बाजुराः जिल्लाको हिमाली गाउँपालिकाका भेडापालक ब्यबसायिलाई वितरण गरिएको छ। गाउँपालिकाका ३० जना भेडा पालक व्यवसायीहरु लाई विभिन्न समान् वितरण गरीएको हिमाली गाँउपालिकाले जनाएको छ । भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ मार्तडी बाजुराको आर्थिक वर्ष २०७९,०८० को वार्षिक स्वीकृत कार्यक्रम अनुसार घुम्ती भेडा प्रवर्द्धन कार्यक्रमको सामान वितरण गरिएको छ। गत आर्थिक वर्षको कार्यक्रम वितरण गर्नुपर्ने सामाग्री विभिन्न समस्या हुँदा ढिला भएको हुँदा अहिले उक्त सामान बितरण गरीएको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ मार्तडी बाजुराले बताएको छ।
भेडा व्यवसायी लाई दैनिक जीवनमा आवश्यक पर्ने समान सोलार, रेनकोट, डाइनिङ टेन्ड, उन काट्ने कैँची, कोरेसो ब्रस र गम्बुट एक, एक सेट वितरण गरिएको छ। भेडा व्यवसायी क्षेत्रमा रुचि थप हौसला उर्जा मिलाउन गएको आर्थिक वर्ष छनोट भएका मान्छेलाई मात्र समान हस्तान्तरण गरिएको हिमाली गाउँपालिका पशु शाखा प्रमुख गौरी पाण्डेले जानकारी दिनुभएको छ । ।











