युनिकोड    राशिफल    एफएम रेडियाे                        
415 पटक पढिएको

बाजुराः  बडिमालिका नगरपालिकामा नगर स्तरिय राष्ट्रपति रनिङ शिल्ड पौष १ गतेबाट सञ्चालन हुने भएको छ ।आज नगरपालिकाले सूचना जारी गर्दै नगरभित्रका सामुदायिक तथा संस्थागत बिद्यालयहरु बिच हुने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगगिता पौष १ गते आइतबारबाट सञ्चालन गर्ने जनाएको छ ।

जिल्ला खेलकुद समितिको कार्तिक ३० गतेको पत्रानुसार आगामी पौष १५ गते भित्र नगर स्तरिय राष्ट्रपति रनिङ शिल्ड सम्पन्न गरि खेलाडी छनौट गरि सक्नु पर्ने जनाएको थियो । सोहि अनुसार मंसिर २१ गते बसेको नगर खेलकुद विकास समितिको बैठकले नगरपालिकामा नगर स्तरिय राष्ट्रपति रनिङ शिल्ड पौष १ गते बिहान ९ बजेबाट सुरु हुने प्रमुख प्रशासकिय अधिकृत देवेन्द्र सापकोटाले जानकारी दिएका छन् ।

उक्त नगर स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यस बर्ष पनि वडा नंः ८ मा रहेको मालिका माविमा सञ्चालन हुने भएको छ । उक्त प्रतियोगीतामा कक्षा ९ देखि १२ मा अध्ययनरत १८ बर्ष मुनिका खेलाडी बिद्यार्थीलाई प्रतियोगितामा सहभागी गराउनु पर्ने प्रकाशित सुचनामा उल्लेख गरिएको छ । त्यस्तै संलग्न फारम भरेर यहि मंसिर २९ गतेसम्म विद्यालयका खेलकुद शिक्षकमार्फत शिक्षा युवा तथा खेलकुद शाखामा बुझाउन सम्बन्धीत सबै विद्यालयलाई नगरपालिकाले सूचनामार्फत निर्देशन दिएको छ ।प्रतियोगितामा छात्रछात्रा भलिबल, छात्रछात्रा कबड्डी, छात्राछात्रा एथेलेटिक्स र छात्राछात्रा कराँते लगायतका खेलकुद सञ्चालन हुने भएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!