युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
नेपाली जनसमाज भारत पुर्बी दिल्ली नगर समिति महिला बिभागको तिज बिशेष कार्यक्रम सम्पन्न | नेपाल शिक्षक संघ बडीमालिका नगरकार्य समिति बाजुराद्धारा आपत्तिजनक बिज्ञप्ती, के लेखिएको बिज्ञप्तीमा हेर्नुस । | पहिरोले कुवाडी नदी थुनिएको आशंका ,सचेत रहन गाउँपालिका द्धारा आग्रह | तनहुँ बस दुर्घटनामा २७ जनाको मृत्यु भएको पुष्टि | अविरल वर्षाका कारण पिनालेखमा एक घर भत्कियो | बझाङमा पहिरोमा परी एकै परिवारका चार जनाको मृत्यु | धार्मिक आस्थाको धरोहर बडिमालिका,बुढीनन्दा लगायत क्षेत्रमा आज पुजाआजा गरिदै | पहाड भित्र लुकेको अर्को नँया संसार “बुढीनन्दा ” राज्यको नजरमा पर्न सकेन् | काँग्रेस बाजुराले दियो दर्शनार्थीहरुलाई शुभकामना | बडिमालिका नगरपालिकाले गर्यो बजार सरसफाई |
365 पटक पढिएको

बाजुराः   कैलाली उद्योग वाणिज्य संघले आयोजना गरेको यो वर्षको १७ औँ संस्करणको सुदूरपश्चिम महोत्सवमा भोली बाजुरेली चर्चित कोकल कण्ठी श्वरका धनी देउडा गायक प्रकाश थापाले प्रस्तुती दिने भएका छन ।आज प्रस्तुती दिने भनिएको भएतापनि कारणबस भोली उहाँको प्रस्तुती सारिएको छ । चर्चित बाजुरेली देउडा गायक थापा उक्त प्रस्तुतीको लागी त्यसतर्फ प्रस्थान गरीसक्नु भएको छ । बिगत लामो समयदेखि देउडा क्षेत्रमा अहोरात्र खटिने गायकले देउडा संगितको क्षेत्रमा हजारौ देउडा गितहरुमा आवाज दिईसक्नुभएको छ । बाजुरा जिल्ला जस्तो बिकट ठाँउमा जन्मेर बाजुराको मात्रै नभई सुदुरपश्चिम तथा कर्णलीका बिभिन्न ठाँउहरुमा गाईने देउडा गितको संरक्षण गर्दे उहाँले बिभिन्न देउडा गितहरु बजारमा ल्याएका छन्। देउडा क्षेत्रमा एकछत्र राज गर्न सफल बहुचर्चित तथा कोकल कण्ठि श्वरका धनी गायक थापाले भोली आफ्नो सांगितिक प्रस्तुती दिने भएका छन । देउडा गित संगितको को क्षेत्रमा आफ्नो आवाजलाई शिखरमा पुर्याउन सफल गायकथापा पेशाले शिक्षक भएता पनि गित संगितको क्षेत्रको हिसाबले उहाँ बढी परिचित हुनुहुन्छ । आफ्ना गाँउठाँउका देउडा गित संगितको संरक्षण पर्बद्धन गर्नु हाम्रो दायित्व भएका कारण आफुले आफ्नो जिवनकालमा देउडा संगितको माया गर्दै देउडा गितहरु गाएको उहाँले बताएका छन ।

बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा जन्मेका गायक थापा सानैमा गित संगितलाई माया गर्ने,पढाई प्रति पनि बढी चाँसो राख्ने अनुसाशित तथा कुशल ब्यक्तित्ब रहेका थिए । बाल्यकालमा पनि बिभिन्न ठाँउमा आफ्नो प्रस्तुती देखाउदै गायक थापा अहिले देशकै बहुचर्चित गायकको रुपमा परितिच भएका छन । गायक थापा बताउछन् सुदुरेली देउडा तथा बाजुरेदी कला संस्कृतिको संस्कृतिको जर्गेना गर्नु हाम्रो दायित्व रहेका कारण आफुले बढी भन्दा बढी देउडा गित गाँउने गरेको उहाँले बताएका छन । तिनै कुशल, कर्मठ,देशकै बहुचर्चित गायकले भोली सुदुरपश्चिम महोत्सवमा निकै रमाइलो गर्ने भएका छन । गायक थापाको उपस्थितले कार्यक्रम थप भब्य बन्ने आयोजकले जनाएको छ । सुदुरका साथै कर्णली क्षेत्रको देउडा संस्कृतिको जर्गेना गर्दै गायक थापाले प्रस्तुती दिने आयोजकले बिश्वास लिएको छ । गायक थापा गितबाटै सबैलाई रुवाउने,नचाउनेृ गर्दछन,गायक थापाले प्रस्तुती दिएको बेला आखाँमा आसु नझार्ने प्राय कमै हुन्छन उहाँले सबैको मनमुटु छुने देउडा गितको प्रस्तुती दिने गर्दछन । गायक थापाले आफ्नो जिवनकालमा कर्यौ चर्चित देउडा गितहरु गाइसकेका ा छन।

तिनै चर्चित गायक थापाले भोली सदसरपश्चिम महोत्सवमा भब्य रमाइलो गर्ने भएका छन । आगामी पुस २ गतेसम्म चल्ने महोत्सवमा यो वर्ष ३५० वटा व्यावसायिक प्रयोजनका स्टल राखिएका छन्। जसमध्ये २७४ वटा व्यावसायिक पसल रहेका छन् भने बाँकीमा रेष्टुरेन्ट, थारु ग्राम, कृषि प्रदर्शनी, फोटो प्रदर्शनी राखिएको कैलाली उद्योग वाणिज्य संघका महासचिव ओमबहादुर बिष्टले बताएका छन ।आर्थिक मन्दीका बाबजुत पनि यो वर्ष व्यवसायीले उत्साहको साथ स्टल बुकिङ गरेका छन्। आर्थिक मन्दीका कारण व्यावसायिक आउँदैनन् कि भन्ने लागेको भए पनि करिब ६० जना व्यवासायिलाई स्टल दिन नसकेर फर्काउनु परेको महासचिव बिष्टले बताए। ‘यो वर्ष आर्थिक मन्दीका कारण स्टल बुकिङ हुन्नन् कि भन्ने लागेको थियो तर, सबै स्टल बुकिङ भएका छन्,’ उनले भने, ‘स्टल अभावमा करिब ६० जना व्यावसायिलाई फर्काउनु परेको समेत बताएका छन।’

 

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!