धनगढीः सुदूरपश्चिम प्रदेशमा गत वर्ष सवारी दुर्घटनामा परेर एक सय ७७ जनाले अकालमै ज्यान गुमाएका छन्।सवारी व्यवस्थापनमा सरकारको नियमन प्रभावकारी नहुँदा सवारी दुर्घटनामासमेत नागरिकले जीवन गुमाउनु परिरहेको हो। कमजोर र गुणस्तरहिन सडक, मापदण्ड विपरीत सडक बन्नु, चालकको लापवाही, ट्राफिक नियमको अवज्ञा, पूराना सवारी साधनको प्रयोग, भारबहन क्षमताभन्दा बढी यात्रु बोक्ने क्रम रोकिएको छैन्।
यस्ता घटनाको न्यूनिकरणका लागि सरकारी सक्रियता अपेक्षाकृत हुन नसकेको राष्ट्रिय मानवअधिकार आयोगले वार्षिक प्रतिवेदनमा उल्लेख गरेको छ। नेपाल प्रहरीको अपराध अनुसन्धान विभागको तथ्यांक अनुसार गत वर्ष मात्र सुदुरपश्चिम प्रदेशमा ३२० वटा सवारी दुर्घटना भएका छन्।
ती दुर्घटनामा परेर १७७ जनाले ज्यान गुमाएका छन्। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका अनुसार सुदूरपश्चिममा गत वर्ष सवारी दुर्घटनामा परेर एक सय ७७ जनाको मृत्यु भएको हो। आर्थिक वर्ष २०७८र७९ मा एक सय ९६ जनाको मृत्यु भएको थियो।
सुदूरपश्चिममा गत वर्ष सवारी दुर्घटनामा परेर एक सय ४४ पुरुष, २२ महिला, ६ बालक र पाँच बालिकाको मृत्यु भएको व्यवस्थापन कार्यालयको तथ्यांकले देखाएको छ। २०७८र७९ मा एक सय ५३ पुरुष, २७ महिला, १२ बालक र चार बालिकाको सवारी दुर्घटनामा परेर मृत्यु भएको समेत नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयको तथ्यांकले देखाएको हो।
198 पटक पढिएको
अनलाइनमा सरकार
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय
© 2024, सर्वाधिकार सुरक्षित लाेकतन्त्र विहानी न्यूज
Made with ❤️ By Gorkhaly Labs