युनिकोड    राशिफल    एफएम रेडियाे                        
 BREAKING
साउने संक्रान्तीको अवसरमा विरेखोलामा देउडा कार्यक्रम हुनेु | बाजुरा अदालतमा आर्थिक बर्षमा १ सय ८० मुद्दा दर्ता , सबै भन्दाबढि सम्बन्ध विच्छेदका मुद्दा | बुढिगंगाका बुढथापाको नदिमा डुबेर मृत्यु | बाजुरा जिल्ला पूर्णखोप सुनिश्चित तथा दिगोपना घोषणा | मोबाईल पत्रकारिता तालिम मार्तडीमा सम्पन्न | ६ वटा निर्णय गर्दै जिल्ला सल्लाहकार समितिको बैठक सम्पन्न | बुढीनन्दा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | प्रस्तावित बडीमालिका संरक्षणक्षेत्रको सरोकारवालासंग छलफल | मानव अधिकार पुस्तककाे पुर्व अर्धवार्षिक समीक्षा | बाम्काका अग्नी पिडितलाइ छेडेदहले एक लाख सहयोग गर्ने |
449 पटक पढिएको

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारको विकास खर्च ६ प्रतिशत मात्र भएको छ। प्रदेश लेखा नियन्त्रक कार्यालय, सुदूरपश्चिमको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको ६ प्रतिशत मात्र पुँजीगत बजेट खर्च भएको हो।

सुदूरपश्चिम प्रदेश सरकारको चालु आर्थिक वर्षका लागि पुँजीगत अन्तिम बजेट १७ अर्ब एक करोड ५१ लाख ६० लाख छ। प्रदेश सरकारले हालसम्म एक अर्ब ६ करोड ७२ लाख ७७ हजार पाँच सय २८ रुपैयाँ निकासा दिएको छ। प्रदेश सरकारले हालसम्म पुँजीगत बजेटको ६ दशमलव २७ प्रतिशत मात्र खर्च गरेको हो। प्रदेश सरकारले चालु खर्च भने १६ दशमलव २० प्रतिशत पुर्‍याएको छ।

सुदूरपश्चिम सरकारले चालु आर्थिक वर्षका लागि कुल २९ अर्ब २६ करोड ५९ लाख ३२ हजारको बजेट सार्वजनिक गरेको थियो। चालु र पुँजीगत गरी हालसम्म २ अर्ब ९९ करोड ९५ लाख ८० हजार चार सय ६५ रुपैयाँ खर्च भएको छ। प्रदेश सरकारले अझै २६ अर्ब २४ करोड ५६ लाख ६९ हजार पाँच सय ३४ रुपैयाँ खर्च गर्न बाँकी रहेको छ। प्रदेश सरकारले पूर्ण बजेटको १० दशमलव २६ प्रतिशत मात्र खर्च गरेको छ।

आर्थिक वर्ष २०८०÷०८१ का पाँच महिना हुँदा पनि प्रदेश सरकारको खर्चको प्रगति न्यून देखिएको हो। प्रदेश सरकारले चालु आर्थिक वर्षमा सुरु गर्नुपर्ने विकास निर्माणका काम सुरु समेत नगरेकाले खर्चको प्रगतिसमेत कम देखिएको हो। पुराना ठेक्काहरूको भुक्तानीले मात्र प्रदेशको विकास बजेटको ६ दशमलव २७ प्रतिशत बजेट खर्च भएको हो।

सुदूरपश्चिम लोकसेवा आयोगको बजेट सबै भन्दा बढी खर्च भएको छ। प्रदेश लोकसेवाका लागि चालु आर्थिक वर्षमा नौ करोड ५० लाख बजेट विनियोजन गरिएकोमा २ करोड ४२ लाख ४९ हजार चार सय ३३ रुपैयाँ खर्च भएको हो। जम्मा बजेटको २५ दशमलव ५३ प्रतिशत बजेट खर्च भएको छ। प्रदेश व्यवस्थापिकाका लागि चालु आर्थिक वर्षमा १९ करोड आठ लाख १४ हजार जम्मा बजेट विनियोजन गरिएकोमा चार करोड ५८ लाख ५३ हजार एक सय ४३ रुपैयाँ खर्च भएको छ। जम्मा बजेटको २४ दशमलव तीन प्रतिशत खर्च भएको हो।

सुदूरपश्चिमको भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेट सबै भन्दा बढी छ। प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको १२ अर्ब ६८ करोड ९८ लाख १४ हजार अन्तिम बजेट रहेको छ। भौतिक पूर्वाधार विकास मन्त्रालयको अन्तिम बजेटको सात दशमलव ८१ प्रतिशत मात्र खर्च भएको छ। अहिलेसम्म भौतिक पूर्वाधार विकास मन्त्रालयको ९९ करोड १४ लाख ५३ हजार सात सय ६५ रुपैयाँ खर्च भएको हो।सुदूरपश्चिममा आर्थिक वर्षको अन्तिममा विकास गर्ने प्रवृत्ति चालु आर्थिक वर्षमा पनि दोहोरीने देखिएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय

बाजुरा स्थानिय सरकार

बडीमालिका नगरपालिका
त्रिवेणी नगरपालिका
बुढीगंगा नगरपालिका
बुढीनन्दा नगरपालिका
गौमुल गाँउपालिका
जगन्नाथ गाँउपालिका
स्वामिकार्तिक खापर गाँउपालिका
खप्तड छेडेदह गाँउपालिका
हिमाली गाँउपालिका
error: Content is protected !!